रविका समर्थक र प्रहरीबीच झडप हुँदा चितवनमा २० भन्दा बढी प्रहरी घाइते
चितवन/चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री लामिछानेको बयान भइरहेका बेला जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रविका समर्थक र प्रहरीबीच झडप भएको हो ।
लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएको चितवन प्रहरीले जनाएको छ ।स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । रविका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा लाठी चार्ज गर्नुका साथी पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो ।लामिछानेलाई बयानका लागि काठमाडौंबाट चितवन लगिएको थियो । बयान नसकिएपछि आज बुधबार पनि लामिछानेको बयान चलिरहेको छ ।