सुनचाँदी व्यवसायी संघ चितवनको कार्यसमितिको पद हस्तान्तरण

चितवन/नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको नयाँ कार्यसमिति, लेखा समिति र अनुगमन समितिलाई पद हस्तान्तरण गरिएको छ ।संघको नवौँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट निर्विरोध निर्वाचित कार्यसमिति, लेखा समिति र अनुगमन समितिका सदस्यलाई शनिवार एक कार्यक्रमका बीच सपथ ग्रहण गराइएको हो । निर्वाचन समितिका संयोजक रमेश काफ्लेले नयाँ कार्यसमितिका सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरे ।

संघको अधिवेशनबाट अध्यक्षमा हेमबहादुर विश्वकर्मा निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा उत्सव खाती विक, प्रथम उपाध्यक्षमा त्रिलोक बिके रामदाम, द्धितिय उपाध्यक्षमा मोहन पन्थी, तृतीय उपाध्यक्षमा शोभा बराली, महासचिवमा गोपाल बहादुर विक थापा, कोषाध्यक्षमा रमेशचन्द्र सदाशंकर, प्रवक्तामा लालबहादुर विक (सुरज), सचिवमा प्रेमबहादुर विक र सह–कोषाध्यक्षमा भिमप्रसाद विक चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा लक्ष्मण सेन्चुरी, खिमलाल सुनार, टिकाराम सुनार, अमृत सदाशंकर, दिपेन्द्र पौडेल, दिपक विश्वकर्मा र गुनबहादुर रामदाम (विक) रहेका छन् । लेखा समिति संयोजकमा खड्क बहादुर विश्वकर्मा र सदस्यमा जीवन विश्वकर्मा, श्यामलाल विक, अनुगमन समिति संयोजकमा भोजराज सेन्चुरी र सदस्यहरुमा लक्ष्मण गजमेर र गोविन्द खाती रहेका छन् ।