आलुको भन्सार बिल काटेर १ करोड ३५ लाखको लत्ताकपडा ल्याउने को ?
चितवन/गत् असोज १८ गते मकवानपुर प्रहरीले चेकजाँच गर्दा १ करोड ३५ लाख मूल्य बराबरको अवैध लत्ताकपडा सहित २ भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
प्रहरी उपरिक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नंबर–१५ रातोमाटे चेकपोष्टमा भारतीय नम्बर प्लेट बि. आर ० ५ जीडी १३४३ नं. को ट्रक चेकजाँच उक्त अवैध लत्ताकपडा बरामद गरेको थियो ।
सुनसरीबाट काठमाण्डौ जाँदै गरेको उक्त ट्रकमा आलूको भन्सार बिल काटेर ७४ बोरा लत्ताकपडाहरु ल्याइएको थियो । २ सय ५६ बोरा आलू भित्र तयारी कुर्ता, रोल सहितको सर्ट पाइन्ट लुकाएर ल्याएको अवस्थामा प्रहरीले उक्त ट्रक समातेको थियो । प्रहरीले ट्रकका चालक भारत, बिहार राज्य, जिल्ला मोतिहारी, पुर्वी चम्पारण सपही बस्ने बर्ष ३० का जन्दार आलम र सोही स्थानका सहचालक बर्ष १९ का मुना मियालाई पक्राउ गरेर भन्सार छलि ल्याईएका लत्ता कपडाहरु, आलुका बोराहरु र भारतिय ट्रक समेतलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको थियो ।
उक्त भारतीय ट्रकको अबैध सामान नारायणगढ जुनहल रोडस्थित ओम फेसन सेन्टरका सञ्चालक ज्योती श्रेष्ठको रहेको खुल्नमा आएको छ । भण्डाफोर अभियानकर्मी हरुको लामो अध्ययन अनुसन्धानबाट सो अबैध सामान श्रेष्ठको रहेको खुल्नमा आएको हो । श्रेष्ठ लामो समयदेखि कपडाको ब्यापारमा लागेको ब्यापारमा लागेसँगै तस्करी पनि गर्न शुरु गरेको समेत खुल्नमा आएको छ ।
यो धन्धामा श्रेष्ठको पुरै परिवार नै सम्लग्न रहेको समेत बुझिएको छ । ज्योतीका ६ दाजुभाईहरु सबै मिलीजुली ब्यबसाय सँगै तस्करीको धन्धा सञ्चालन गरिरहेको श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार उनीसँगै बिन्दु, राजकुमार, सुर्य, सरास्वति (माईला) लगाएतका परिवारका सदस्यहरु यो पेशामा सम्लग्न रहेका छन् । नारायणगढको जुनहल रोडमा २, बिग बजारमा १, भृकुटीपथमा १, दमौंली र पोखरासम्म श्रेष्ठका पसलहरु रहेका छन् ।
बिगत १० बर्षयतादेखि सेटिगं मिलाई तस्करीमा सँम्लग्न रहँदै आएका श्रेष्ठको कपडासहितको ट्रक समातिएको भएपनि उनले बिगतमा झै सामानलाई बेवारिसे बनाई भन्सार कार्यालका केही घुस्याहा एवं भ्रष्ट कर्मचारीको मिलेमतोमा सामान छुटाउने चलखेल गरेको खुल्नमा आएको छ । श्रेष्ठले ल्याएको सामानको भन्सार राजस्व मात्र डेढ करोड बढी हुने पथलैया भन्सार निकट श्रोतले जानकारी दिएको छ ।
श्रोतका अनुसार गाडी, सामान मान्छे सहित करोडौं रकम तिर्नुपर्ने भएकाले सामानलाई बेवारिसे बनाई केही लाख बुझाएर कम राजस्वमा लिलाममा सामान समेत सकार्ने चलखेलमा श्रेष्ठ लागेको बुझिएको छ । तनहुँ रिसिगंका सामान्य परिवारका श्रेष्ठ १२ बर्ष अघिसम्म नारायणगढकै एक पसलमा काम गर्ने गरेकोमा केही समयपछी आफै ब्यबसायमा लागेका थिए ।
हाल उनको भरतपुर २ श्रेत्रपुरमा ४ तले घर रहेको छ । चाडबाडको बेला पसल छाडेर जान नसक्ने मझौंला ब्यापारीहरुको भन्सार गरेरै लत्ताकपडा ल्याईदिने भन्दै चितवन नारायणगढ र आसपास बजारका दुई दर्जनसहित काठमाण्डौं दमौली र पोखराका ब्यापारीहरुबाट ३ करोड बढी रकम उठाएर दशै अघि नै कपडा ल्याईदिने शर्त गरेका श्रेष्ठ अहिले सामान फसेको भन्दै भाग्दै हिडेको दमौलीका एक फेन्सी ब्यबसायीले आफ्नो नाम नबताउने शर्तमा भण्डाफोरलाई जानकारी दिए ।
यसैबिच, यो बिषयमा थप बुझ्न खोज्दा पथलैया भन्सार कार्यलयका प्रमुखको मोबाईल उठेन् ।
यता ब्यबसायी श्रेष्ठसँग ब्यबसायीहरुलाई कपडा ल्याईदिने भनि पैसा लगेर न कपडा न पैसा किन यस्तो भनि प्रश्न गर्दा र थप बुझन खोज्दा उनले फोन उठाएपनि कुनै प्रतिक्रिया दिएनन् । आजको भण्डाफोर अभियान साप्ताहिकबाट