दाल, गेडागुडीको अग्रिम कर घट्यो : घटेन उपभोक्ता मूल्य

भरतपुर /सरकारले दाल तथा गेडागुडीमा लगाएको अग्रिम कर घटाए पनि उपभोक्ता मूल्य घटेको छैन । दाल तथा गेडागुडीको अग्रिम घर घटेपछि सरकारले उद्योगी व्यवसायीलाई दाल, गेडागुडीको मूल्य घटाउन दबाब दिएको छ, तर होलसेल तथा खुद्रा व्यवसायीहरुले मूल्य घटाएका छैनन् ।

किराना व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष रवीन्द्र श्रेष्ठले उद्योगबाट दाल तथा गेडागुडीको मूल्य घटेर आउनुपर्ने बताए । उनले भने, ‘बजारमा पुरानो स्टकमा दाल तथा गेडागुडी धेरै छ, ती वस्तुमा अग्रिम कर लागेको छ, खरिद नै बढी परेको छ ।’ उनले पुरानो दाल तथा गेडागुडीको मूल्य नघट्ने बताए ।

पूर्वअध्यक्ष श्रेष्ठले भने, ‘कर घटेपछि उद्योगीहरुले मूल्य घटाएर होलसेलरलाई बेच्नुपर्छ, होलसेलमा मूल्य घटेर आए पनि खुद्रा पसलमा घटेर जान्छ, अनि उपभोक्ताले सस्तोमा सामान पाउँछन् ।’सरकारले दाल तथा गेडागुडीको बजार मूल्य घट्ने दाबी गरिरहँदा खुद्रा व्यवसायीहरुले तत्काल मूल्य नघट्ने बताइरहेका छन् । व्यवसायीहरुले मूल्य घट्न केही समय लाग्ने बताएका छन् ।

किराना व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष हरिराज पौडेलले नयाँ भन्सार भएर आउने दाल तथा गेडागुडीको मूल्य बल्ल घट्ने बताए । उनका अनुसार बजारमा पुरानो स्टकको सामग्री नसकी मूल्य घट्ने छैन । निवर्तमान अध्यक्ष पौडेलले भने, ‘अगाडिको खरिद गरेको सामग्रीको मूल्य घट्ने होइन, नयाँ आउने घट्ने हो ।’ उनले चितवनको बजारमा मूल्य घट्न एक महिनासम्म लाग्न सक्ने बताए ।

उनले भने, ‘उद्योगले पनि अगाडि खरिद गरेको सामग्री त घटाएर दिँदैन, जुन समयदेखि अग्रिम कर लागेन, त्यसपछि न सामानको मूल्य घटाउला ।’ उनका अनुसार एकैचोटि भाउ नघटी दाल तथा गेडागुडीको मूल्य क्रमशः घट्दै जाने छ ।

किराना व्यवसायी संघ चितवनका अध्यक्ष पुष्प श्रेष्ठले ठूला व्यवसायीबाट मूल्य घटेर आएपछि खु्रदा व्यवसायीले मूल्य घटाउने बताए । उनले भने, ‘कर घटेपछि उद्योगीले घटाएर होलसेलरलाई दिनुप¥यो, होलसेलरले साना व्यवसायीलाई घटाएर दिनुप¥यो । त्यसपछि उपभोक्तामाझ पुग्दा मूल्य स्वतः घटिहाल्छ । पुरानो स्टककोे दाल, गेडागुडी सकिएपछि नयाँ आउनेको मूल्य स्वतः घट्छ केही समय लाग्ला ।’

मन्त्रिपरिषद्को बैठकले दाल तथा गेडागुडी आयातमा लाग्दै आएको १० प्रतिशत अग्रिम कर घटाएर २।५ प्रतिशत कायम गरेको छ, तर बजारमा दाल तथा गेडागुडीको मूल्य यथावत् अवस्थामा छ । हाल चितवनको बजारमा रातो दालको होलसेल मूल्य प्रतिकेजी १४०, कालो दालको मूल्य प्रतिकेजी २०० र मुगी दालको मूल्य प्रतिकेजी १८० रहेको छ । चनाको होलसेल मूल्य प्रतिकेजी १५० रहेको छ ।

चालू आर्थिक वर्ष ९२०८१र८२० को बजेट वक्तव्यमार्फत सरकारले दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम कर लगाएको थियो । सरकारले आयातमा अग्रिम कर लगाएपछि दाल उद्योगहरुले मूल्य बढाएका थिए । दाल, गेडागुडीको मूल्य वृद्धिसँगै उपभोक्ताको भान्साघरको खर्च बढी थियो ।सरकारले आर्थिक ऐन, २०८१ को दफा १८ को उपदफा ९२० र उपदफा ३ बमोजिमको भन्सार महसुल छूटसम्बन्धी निर्णय गरेको छ । दाल तथा गेडागुडीमा अग्रिम कर छूट गरेको हो ।