सुनचाँदी व्यवसायी संघमा फुट

एक पक्षले अर्को पक्षलाई स्विकार निर्वाचित र नगर्दा समानान्तर समिती गठन ।

चितवन/चितवन सुनचाँदी ब्यवसायी संघ फुटेको छ । संघमा कुन पक्षले नेतृत्व हत्याउने भन्ने खेल गहिरिदै जाँदा संघमा फुट आएको हो । ब्यवसायीको हितभन्दा पनि आफ्नो पक्षमा समिती बन्नुपर्ने दुबै समूहको अडानका बिच कुरा नमिल्दा संघमा फुट आएको हो । औपचारिक कार्यम नै गरि असन्तुष्ट पक्षले नातावाद, कृपावादमा संघलाई लगिएको भन्दै ब्यवसायीहरुको अलग्गै भेला गरेर तदर्थ समिति गठन गरी संघ फुटेको सन्देश दिएका हुन् ।

जिल्ला संघमा आवद्ध साढे चार सयको हाराहारीमा रहेका सुनचाँदी ब्यबसाय सञ्चालन गरेका सदस्यहरु मध्ये करिब दुई सय जनाले अधिवेशन बहिस्कार गरेर मौंजुदा समितीले ब्यबसयीका हितमा काम नगरेको आरोप लगाउदै आफुहरुले ब्यवसायीक हितको लागी काम गर्ने भन्दै गत् सोमबार नारायणघाटको दियालो फुडल्याण्डमा एक भेला गरी तदर्थ समिति बनाएर अलग्गै संघ घोषणा गरेका हुन् ।

भेलामा सहभागीलाई सम्बोधन गर्दै नेपाल सुनचाँदी ब्यवसायी महासंघका निवर्तमान उपाध्यक्ष विपिन रामुदामुले बर्तमान अध्यक्षले बहुमतको आधारमा नातावादको दम्भ देखाई ब्यवसायीको हित बिपरित ब्यवसायीलाई उल्टै खेदेको बताए । उनले काम, क्षमता र योग्यता भएका साथीहरुलाई बञ्चित गरिएको बताए । ‘क्षमतावान भएका साथीलाई पाखा लगाएपछि साथीहरु असन्तुष्ट हुनुभएको हो ।

केन्द्रीय अध्यक्षको जिल्लामै साथीहरुले छाता संघभित्र बस्ने वातावरण नहुनु दुखद हो,’ उनले भने , ‘दुई दशकदेखी ब्यापार र ब्यवसायीको हितमा लागेका साथीहरुको कदर र सम्मान नभएपछि त्यो संस्था के को लागी भनेर प्रश्न उठेको छ ।’ निर्वाचन प्रकृया कब्जा गरेर एकलौटी गर्न खोजेको आरोप भेलाका सहभागीले लगाएका थिए । अधिवेशन बहिस्कार गरेका समूहले गरेको भेलामा चितवनका पुराना र अग्रज ब्यवसायीको ठुलो उपस्थिती थियो । संघमा लामो समय काम गरेका राजु बराली, रबिन्द्र पन्थी, सस्थापक सचिव ननेन्द्र बरालीलाई पाखा लगाएको भन्दै आक्रोस पोखेका थिए । ब्यवसायीले सुन सिफारिसका संयोजक हेम सेन्चुरी र वितरक समितिका संयोजक गोपाल बहादुर थापा बिकमाथी पक्षपात गरेर सिफारिस र वितरण गरेको आरोप लगाएका थिए ।

संघमा ब्यवसायी भन्दा पनि आफ्ना निकटकालाई हावी गराएर जान खोजेको आरोप भेलाका वक्ताहरुले लगाएका छन् । संघमा एक्लौटी गरेपछि बस्न नसकेको भन्दै भेला गरेको सुनचाँदी ब्यवसायीका अगुवा रविन्द्र पन्थीले बताए । ‘ पटक–पटक सहमती गर्न खोजेका थियौं । तर काम गरेका साथीलाई संघमा बस्नै नदिन अनेक गरेपछि अपमान सहेर पेलिएर बस्न सकेनौं । साथीहरुकै सल्लाहमा भेला डाकेका हौं,’ पन्थीले भने , ‘वर्षौ काम गरेका अग्रजलाई समितिमा नराखेर नातावाद हावी भएपछि यो कदम बाध्यताले उठाएका हौं ।’

तदर्थ समिति गठनः
असन्तुष्ट ब्यवसायीको भेलाले तदर्थ समिति गठन गरेको छ । चेत बहादुर विश्वकर्मा (राजु बराली)को संयोजकत्वमा ३१ सदस्यीय तदर्थ समिति बनाइएको छ। समितिलाई दर्ता प्रकृया, जिल्ला भेला गर्ने गरी जिम्मेवारी तोकेको ब्यबसायी रुबिन रामुदामुले जानकारी दिए ।

उता सोही दिन उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आयोजना गरिएको संघको ९ औ साधारण सभा तथा चौथो अधिबेशनले अध्यक्षसहित पधदाधिकारी निर्वाचित गरेको संघका केन्द्रिय अध्यक्ष अर्जुन रसाईलीले जानकारी दिए । केही पदाधिकारीको स्थान खाली राखेकाले सहमतिको प्रयास भईरहेको उनले जानकारी दिए ।

सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घट्यो

काठमाडौं–सुनको मुल्य ओरालो लाग्ने क्रम बढेको बढ्यै छ । मंगलबार पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २६०० रुपैयाँ घटेको हो ।
यससँगै मंगलबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि भन्सार दर घटाइएसँगै सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको थियो ।
जुन दिन सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको थियो । जबकि आइतबार छापावाल सुनको लाख १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो ।
मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो भने जुन दर सोमबारदेखि कार्यान्वयनमा आएको थियो ।
यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएकोमा मंगलबार घटेर १ हजार ८२० रुपैयाँ कायम भएको छ । अमेरिकाका राष्ट्र्पति ट्र्मको सपथसम्म सुनको मुल्य अझैं निरन्तर घटने बिष्लेषण छ ।