बालिका बलत्कार आरोपमा नारायणघाटका व्यवसायी दिनेश राठी पक्राउ !
चितवन/ चितवनको नारायणघाटका एक ब्यबसायी बालिका बलात्कारको केसमा यतिखेर चितवन प्रहरीको खोरमा पुगेका छन् । मुलुककै तेस्रो पर्यटकीय गन्तव्य सुन्दर नगरी सौराहाको एक होटेलमा लगी एक १७ बर्सिय नाबालिका बलात्कृत गरेको आरोपमा ब्यबसायी दिनेश राट्ठी पक्राउ परेका हुन् । भरतपुर महानगरपालिका– ३ आलुमण्डी नजिक स्थायी बासस्थान रहेका ४८ बर्षिया राठी बलात्कारमा सम्लग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिएकाले उनलाई पक्राउ गरि म्याद थप गरिएको चितवन प्रहरीले जनाएको छ । राठी चितवनमा रहेको बालाजी बहुउधेशिय सहकारीका अध्यक्ष समेत हुन् । राठी चितवनमा विभिन्न व्यवसायमा सक्रिय छन् ।
नारायणघाटका केही विचौलियाहरु बलत्कार केस मिलाई ढिसमिस गर्ने र करोडौंको रकम लिई प्रहरीमा बार्गेनिङ गरेको स्रोतले जानकारी दियो ।उनलाई गएको शनिबार बिहान ती बालिकालाई लिई गाडीमा घुमिरहेको अवस्थामा पुलचोकबाट प्रहरीले पक्राउ गरेको थियो । राठीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा चितवन प्रहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका राट्ठी विरुद्ध जबरजस्ती करणीको कसुर मुद्वा दर्ता गरि चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ । भने थप अनुसन्धान अघि बढाईएको चितवन प्रहरीले जनाईएको छ ।