नेकपा (एमाले) चितवन २ को पहिलो बैठक सम्पन्न
चितवन/नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी चितवन २ को पहिलो विस्तारित बैठक सम्पन्न भएको छ ।आज पार्टी कार्यालयमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले भोलि जिल्ला कार्यालयमा हुने शुमकामना आदानप्रदान कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सबै पालिका र वडा कमिटीलाई आह्वान गर्ने, पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टी केन्द्र, प्रदेश र जिल्लाका सर्कुलरहरुलाई कडाईका साथ कार्यान्वयन गर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी भई जनप्रीय काम गर्नका लागि निर्देशन दिने निर्णय गरेको समन्वय समितिका अध्यक्ष दानबहादुर गुरुङ्ले जानकारी दिए ।
यसैगरी पार्टी सदस्यलाई मोबाइल एप्समा इन्ट्री गर्ने र केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि रु १०० उठाउने अभियानलाई तीव्रता दिने समेत निर्णय भएको उनले बताए ।समन्वय कमिटीका अध्यक्ष दानबहादुर गुरुङ्को अध्यक्षतामा भएको बैठक कमिटीका सचिव प्रकाश आचार्यले सञ्चालन गरेका थिए ।
कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवाली, केन्द्रीय सदस्य जेएन थपलिया, संविधान सभा सदस्य एवम् केन्द्रीय सदस्य कृष्णभक्त पोखरेल, केन्द्रीय सल्लाहकार परिषद् सदस्य रमाकान्त सापकोटा, प्रदेश कमिटी सदस्यहरु तेजेन्द्र खड्का, रामप्रसाद न्यौपाने, दिवस पाण्डे, लक्ष्मीकान्त चालिसे, कृष्णप्रसाद सिलवाल, अश्मिन घिमिरे, एमाले चितवनका अध्यक्ष कमलराज पाठक, सचिव प्रकाश ढुंगाना, उपसचिव मिन बहादुर परियार लगायतको उपस्थिति रहेको थियो ।