विद्रोही सांसदहरुमा कडा नजर राख्दै माधव र झलनाथ, देउवाको फरक मतले ओली रोकिए १

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पार्टीका सम्मानित नेता झलनाथ खनालसँग निरन्तर छलफलमा जुटेका छन् ।पार्टीभित्र संकट गहिरिएपछि दुई नेता बिच निरन्तर छलफल चलेको एक नेताले जानकारी दिए ।

खनालले भन्दा माधव नेपालले पार्टीभित्र असन्तुष्ट बनेका सांसदहरुप्रति कडा नजर राखेको ती नेताले बताए ।संसद्को अधिवेशन अन्त्य भएपछि नै नेकपा (एकीकृत समाजवादी) भित्र पार्टी विभाजनको भय छ ।

एकथरीले भने पार्टी विभाजन भएर बनेको पार्टी भएकोले पाँच वर्षसम्म पार्टी विभाजन गर्न नपाउने राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था भएकोले तत्काल पार्टी विभाजन नहुने भनेर पनि दाबी गरेका छन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका शीर्ष नेताहरू माधव नेपालको पार्टीनै विभाजन गर्नेगरि लागिपरेको चर्चा चलिरहको छ ।संसद् नभएको मौकामा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर भएपनि माधवको दल विभाजन गर्न खोजेको बुझाई छ ।

तर, सदनको अधिवेशन अन्त्य भएको झण्डै एक महिना बित्न लागिसकेको छ। तर, प्रधानमन्त्री ओलीले अहिलेसम्म अध्यादेश ल्याउने कुनै छाँटकाँट देखाएका छैनन् ।तर, कतिपयले भने सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको दल विभाजन गर्न नहुने मत राखेपछि प्रधानमन्त्री ओली रोकिएको चर्चापनि गरेका छन् ।पार्टी भित्र अवसरवादी चरित्र देखाउन नहुने भन्दै असन्तुष्ट सांसदहरु आक्रोशीत भइरहेकाछन् ।