Breaking News

हंस बहुउद्देश्यीय सहकारीको तीन करोड दुई लाख मुनाफा

भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औँ वार्षिक साधारण सभाअन्तर्गत तीनवटा सेवाकेन्द्रको इकाइ बैठक शनिबार सम्पन्न गरेको छ । टाँडी, विजयनगर र जितपुर सेवा केन्द्र मा छुट्टाछुट्टै बैठक सम्पन्न भएका छन् । टाँडी सेवाकेन्द्रको बैठक सञ्चालक सदस्य तथा सेवाकेन्द्र संयोजक सन्देश पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विजयनगर सेवाकेन्द्रको बैठक सञ्चालक सदस्य तथा सेवाकेन्द्र संयोजक ध्रुवकुमार ओझाको अध्यक्षतामा सम्पन्न भयो । सो बैठकमा उपाध्यक्ष बाबुराम अधिकारी, कार्यवाहक सचिव होमनाथ सापकोटा र लेखा समिति सदस्य कृष्णहरि तिमिल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जितपुर सेवाकेन्द्रमा लेखा समिति संयोजक गोविन्दप्रसाद पौड़यालको अध्यक्षतामा सम्पन्न भएको बैठकमा गोविन्दप्रसाद पौड़यालसँगै सञ्चालक सदस्य षडानन्द लामिछाने र देशबन्धु अधिकारीले आर्थिक प्रतिवेदन पेस गरे ।संस्थामा हाल ५ हजार १४८ जना सेयर सदस्य रहेका छन्, जसमा २ हजार ६७१ पुरुष, २ हजार ४६२ महिला र १५ संस्थागत सदस्यहरू छन् । संस्थामा २६ जना कर्मचारी कार्यरत छन्, जसमा ८ पुरुष र १८ महिला छन् ।

आर्थिक वर्ष २०८०र८१ को लेखा परीक्षणका आधारमा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार संस्थाको चुक्ता शेयर पुँजी ९ करोड ९८ लाख १५ हजार, जगेडा कोष ६ करोड ७७ लाख ७२ हजार, कुल सम्पत्ति ८८ करोड ४८ लाख ४७ हजार र कुल निक्षेप ६५ करोड ४ लाख ७९ हजार रहेको छ ।

संस्थाले कुल लगानीमा रहेको ऋण ६५ करोड ५९ लाख ९६ हजार, शेयर लगानी २१ लाख ७७ हजार, कुल आय १४ करोड ९५ लाख ९३ हजार, कुल व्यय ११ करोड ९३ लाख ७३ हजार र सञ्चालन मुनाफा तीन करोड २ लाख २० हजार भएको जानकारी संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले दिए ।

sahid diwas