गणेशस्थानमा रोटरी चितवनको वृक्षरोपण

चितवन/रोटरी क्लब चितवनले भरतपुर–११, स्थित सिद्धि जनकल्याण आधारभुत विद्यालयमा वृक्षरोपण गरेको छ ।विद्यालयमा धुपी, रुद्राक्ष, म्याङोटिर्ट, अमलालगायत अन्य फुलजन्य बिरुवाहरु विद्यालय परिसर रोपिएको क्लवका पूर्व अध्यक्ष दिलिप पियाले जानकारी दिए । विद्यालय सचालक समितिका अध्यक्ष शालिकराम सापकोटाले रोटरी क्लबलाइ धन्यवाद दिदै आउँदा दिनमा अरु सहयोगका लागि अनुरोध समेत गरेका छन् ।

रोटरी क्लब अफ चितवनका अध्यक्ष भानु शर्माले क्लवले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा गरेका कामहरुको चर्चा गरेका थिए । उनले नै वृक्षरोपण कार्यक्रमको सुरुवात गरेका थिए । अच्युत न्यौपानेको संयोजकत्वमा भएको कार्यक्रमलाई क्लबका उपाध्यक्ष गेहेन्द्रमान श्रेष्ठले संचालन गरेका थिए।उक्त विद्यालयमा शिशुदेखि ५ कक्षा सम्म १२२ जना निम्न वर्गका बालबालिकाहरु अध्ययन गर्दछ्न् ।