‘काडा अटो शो’ को तयारी अन्तिम चरणमा

चितवन, असोज १४/ चितवनको भरतपुरमा हुन लागेको ‘काडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघले आयोजना गर्न लागेको पर्व मेला २०८१ अन्तर्गत चितवन अटोमोबाइल डिलर्स एशोसियसनको सहकार्यमा हुन लागेको ‘काडा अटो शो २०८१’ को तयारी अन्तिम चरणमा पुगेको आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।

नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरि आयोजना गरिएको शो असोज १६ गतेदेखि १९ गतेसम्म सञ्चालन हनेछ । २० भन्दा बढी ब्राण्डका गाडी प्रर्दशनीमा राखिने चितवन अटोमोबाइल डिलर्स एशोसियसनका अध्यक्ष राजन पियाले जानकारी दिए। उनका अनुसार मेलामा गाडी तथा मोटरसाइकलहरु प्रदर्शनीमा राखिनेछ ।

त्यसमा करिब ८० प्रतिशत बिद्युतिय सवारीसाधनहरु रहनेछन । प्रर्दशनी कक्षभित्र २१ वटा स्टल समेत रहने उनले बताए। जस्मा कार, जिप, मोटरसाइकल र स्कुटरको स्टल रहनेछन् । जिप र माइक्रोको समेत पाँच वटा स्टल प्रर्दशनी हल बाहिर चौरमा रहनेछन् ।