न्यौपाने विरुद्ध पक्राउ पुर्जी जारी !


सुर्य बरालअसोज १४/चितवन
/भरतपुर महानगर वडा नं. ५ मा रहेको शक्ति प्यानल न्ण्डस्ट्रीजका पुर्ब प्रबन्ध निर्देशक सुर्य प्रसाद न्यौपानेविरुद्ध हिजो आइतबार चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
शक्ति प्यानल ईन्ण्डस्ट्रीज साबिक स्याण्डवीच होम सोलुसन प्रा। लि।का तत्कालीन प्रबन्ध निर्देशक सुर्य प्रसाद न्यौपानेलाई सोही कम्पनीका १४ जना संचालकले फौजदारी अभियोगमा जिल्ला अदालत चितवनमा मुद्दा दायर गरि पक्राउ पुर्जी लिइएको हो।

कम्पनीका अध्यक्ष शान्त लाल प्रधान, संचालकहरु युगराज वस्ती, तारा पौडेल लगाएत १४ जनाले न्यौपानेलाई ठगी, आपराधिक बिश्वासघात, आपराधिक लाभ र संगठित अपराधमा जिल्ला अदालतमा मुद्दा दायर गरि सम्मानित अदालतबाट पक्राउ पुर्जी लिईएको चितवन प्रहरीका प्रबक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) भेषराज रिजालले जानकारी दिए।
कम्पनीमा बिगत ५ बर्ष देखी विवाद रहदै आएको परिप्रेक्षमा हिसाबकिताब नमिलेपछि प्रधान सहितका संचालकहरुले न्यौपानेलाई मुद्दा हालेको श्रोतले जानकारी दिएको छ। श्रोतका अनुसार दुबैपक्षबीच पटकपटक हिसाबकिताब मिलानको प्रयास भएको भएपनि अन्य संचालकहरुले जोरजुलम गर्न खोजेपछि न्यौपाने सहमतिबाट पछि हटेका हुन्।

न्यौपानेका एक आफन्तका अनुसार एउटै कम्पनी भित्र रहेका संचालकहरु विच रहेको हिसाबकिताबको देवानी प्रकृतिको मुद्दालाई ठगी, आपराधिक बिश्वासघात र आपराधिक लाभको मुद्दा बनाई न्यौपानेको चरित्रहत्या गर्नुका साथै प्रहरी लगाई समाएर हतोत्साहित गर्ने मनाशयले यो मुद्दा फौजदारीमा दर्ता गराई एको हो । उनका अनुसार न्यौपानेले आफुलाई फसाउन लागेको थाहा पाएर जिल्ला अदालत चितवनमा मिति २०८१/०५र०६ मा निषेधाज्ञा र २०८१/०६र०९मा हिसाब फरफार गरीपाउ भनी मुद्दा दायर गरिसकेका छन्।

उनले जिल्ला अदालतमा दुई दुईवटा मुद्दा दायर गरिसकेको अवस्थामा उनकै विरुद्ध यो मुद्दा दर्ता भएकोले अदालतमै बिचाराधिन मुद्दामा किन पक्राउ पुर्जीको आदेश आयो भन्ने विषयले अहिले चितवन जिल्लामा चर्चाको विषय बनेको छ।
यसैबीच यश विषयमा बुझ्न खोज्दा सुर्य न्यौपानेको नम्बरमा सम्पर्क हुन सकेन। उता शक्ति प्यानलका अध्यक्ष शान्तलाल प्रधानसङ्ग पनि सम्पर्क हुन सकेन।