ईतिश्री गार्मेन्टको दोश्रो शाखा भरतपुरको हाकिमचोकमा।

भरतपुर/चितवनको भरतपुरमा सर्वसुलभ दर्लमा गुणस्तरीय सेवा प्रदानको उद्धेश्य सहित ईमाश्री गार्मेन्ट भरतपुरमा संचालनमा आएको छ।

चितवनको भरतपुरस्थित हाकिमचोकमा बिग मार्ट सँगै रहेको सो गार्मेन्ट विगत २० बर्ष अघिदेखी चितवनको पर्सा बाट सेवा दिदै आएको सो गार्मेन्टले दक्ष र अनुभवी कालिगढका साथ अत्याधुनिक सेवा दिदै आएको छ।

चितवनको खैरहनी नगरपालिका वडा नम्वर ८ बाट पहिलो शाखा विस्तार गर्दै आएको सो गार्मेन्टको मुख्य उत्पादन केन्द्र खैरहनी -८ मगनिस्थित दुर्गा भवानी टोल बिकास संस्थामा अवस्थित छ।

थाईल्याण्ड,भियतनाम र चीनबाट आयतित फाईवरबाट रोजाई अनुसारको फाईब्रीक सामग्री प्रदान गर्दै आएको गार्मेन्टका प्रबन्ध निर्देशक रोशन खत्रीले जानकारी दिनुभयो।

चितवन जिल्लाका सम्पुर्ण सामुदायिक एवं निजि विद्यालयका पोशाक,स्काउट पोशाक तथा अर्डर अनुसार संस्थाहरुको पोषाक समेत २४ घण्टामा तयार गरेर दिदै आएको खत्रीले बताउनुभयो।

कलेज,स्कुल तथा हरेक संघ संस्थाको पोशाक तथा सटिङ्ग सुटिङ्ग तयारी गर्दै आएको सो गार्मेन्ट पछिल्लो समय ग्राहकको रोजाईमा पर्न सफल भएको छ।

ईमाश्री टेक्सटाइलले नेपाली बजारमा आफ्नै फ्रेव्रीक उत्पादन गरि सेवा प्रदान गर्दै आएको संचालक खत्रीले बताउनुभयो।

गार्मेन्टमा हाल ३५ जना कालिगड जना कार्यरत रहेका छन।