दुर्गा प्रसाईं पक्राऊ: तीन दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं/मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदलात काठमाडौं अदालत ल्याइएको थियो ।
जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।