नेकपा (एमाले) चितवनको तेश्रो पूर्ण बैठक सम्पन्न: नेताहरुलाई कार्य विभाजन
चितवन/नेकपा (एमाले) चितवनको तेश्रो पूर्ण बैठक सम्पन्न भएको छ । आज पार्टी कार्यालय चितवनको सभाहलमा बसेको बैठक नेताहरुलाई विभिन्न कार्य विभाजन गर्दै सम्पन्न भएको हो ।
बैठकले जिल्ला सचिवालय गठन, संघ र प्रदेश निर्वाचन क्षेत्रीय समन्वयन कमिटी गठन, जिल्लागत विभिन्न विभाग प्रमुखहरुको चयन, जनवर्गीय संगठनका जिल्ला इन्चार्ज चयन, जिल्ला सल्लाहकार परिषद् गठन, ज्येष्ठ कम्युनिष्ट मञ्च गठन, जिल्ला कमिटीमा केही सदस्यहरुलाई मनोनित र जिल्ला कमिटीको वार्षिक कार्य योजना अनुमोदन गरेको छ ।
एमाले चितवनका अध्यक्ष कमल राज पाठकको अध्यक्षतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज राजन भट्टराई, पोलिव्युरो सदस्य एवम् पार्टी चितवन जिल्ला इन्चार्ज देवी प्रसाद ज्ञवाली, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, संविधान सभा सदस्य एवम् एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेल, केन्द्रीय सदस्यहरु कपिलदेव पोखरेल, यमबहादुर परियार, प्रभा बराल, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य रमाकान्त सापकोटा, प्रदेश कमिटीका विभिन्न नेताहरु, चितवन जिल्ला पार्टी लेखा आयोग अध्यक्ष शंकर अधिकारी, जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारी एवम् अधिकांश सदस्यहरुको उपस्थिति रहेको थियो ।
एमाले चितवनका सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेको बैठकमा उपाध्यक्ष श्याम कुमार विष्टले स्वागत मन्तव्य राखेका थिए भने उपसचिवहरु मिनबहादुर परियार र ज्वाला पुरी वनले बैठकलाई सहजिकरण गरेका थिए ।