‘प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स प्रतियोगिता २०८१’ हुने

चितवन/चितवनमा पहिलोपटक “प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” हुने भएको छ । आयोजक चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

नेपालीहरुको महान् चाड बडा दशैं, तिहारको पूर्व सन्ध्यामा “स्वास्थ्यका लागि खेदकूद, राष्ट्रका लागि खेलकूद”भन्ने नाराका साथ भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी यो प्रतियोगिता आयोजना गरिएको हो ।

“प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” अन्तर्गत हुने मिष्टर चितवन पुरुष शारीरिक सुगठन प्रतियोगितातर्फ ५५ के।जी।, ६० के।जी। ६५ के।जी।, ७० केजी, ७५ केजी, ७५ केजीभन्दा माथि प्रतिस्पर्धा गराईनेछ । त्यस्तै प्रतियोगिता अन्तर्गत ५० वर्षभन्दा माथिका व्यक्तिहरुबीच माष्टर वेट खुल्ला पुरुषतर्फ पनि प्रतिस्पर्धा गराईने चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका अध्यक्ष प्रकाश गुरुङ्गले जानकारी दिनुभयो ।

प्रत्येक वेट क्याटगोरीका बिजेता ९गोल्ड मेडलिष्ट० लाई रु ३० हजार, फष्ट रनरअफ ९सेकेण्ड० लाई २० हजार र सेकेण्ड रनरअफ ९तृतीय० हुनेलाई रु १० हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्टह्याम्पर प्रदान गरिनेछ । छुट्टाछुट्टै ६ वटा वेट क्याटगोरीबाट छनौट भएका गोल्ड मेडलिष्टहरु बीच प्रतिस्पर्धा गराए पछि छनौट हुने प्रतियोगिले नै मिष्टर चितवन २०८१ को बिजेता बन्नेछन् । बिजेताले एकलाख पचास हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

“प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” को महिलातर्फ खुल्ला रुपमा भाग लिन पाउने व्यवस्था मिलाइएको छ । महिलातर्फ हुने ओमन एथलेटिक्स फिजिक्स प्रतियोगितामा बिजेता हुनेले रु ५० हजार, फष्ट रनरअफ ९सेकेण्ड०हुनेले रु २५ हजार र सेकेण्ड रनरअफ ९तृतीय०हुनेले रु१५हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । यस प्रतियोगिता सम्पन्न गर्न २० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताको अन्तर्राष्ट्रिय रुपमा विभिन्न कार्यक्रमहरुमा निर्णायकको भूमिका निर्वाह गर्नुभई पाँच पटकसम्म मिष्टर नेपाल बिजेता प्रताप काजी बरिया प्रमुख निर्णायकको भूमिका रहने गरी ९ जना सहायक निर्णायकहरुले कार्याक्रममा सहभागिता जनाउने नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका सचिव दिनेश कुमार राजभण्डारीले जानकारी दिनुभयो ।

असोज १२ गते, शनिबार भरतपुरस्थित चितवन मिडटाउन रिसोर्टमा हुने फाइनल प्रतियोगितालाई नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका केन्द्रीय अध्यक्ष राजेश बाबु श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका सचिव बीर बहादुर राना मगरले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलन कार्यक्रमलाई चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका उपाध्यक्ष इन्द्र श्रेष्ठले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।