एलाईभ अस्पतालमा अत्याधुनिक सिटि स्क्यान सेवा सुरु

चितवन/भरतपुरको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा सिटि स्क्यान सेवा सुरु भएको छ । विश्वकर्मा पुजाको अवसर पारेर अस्पतालमा मंगलवारबाट सिटि सेवा सुरु गरिएको हो ।

जर्मनीमा बनेको अत्याधुनिक उक्त मेसिनमा विरामीेलाई अत्यास नलागोस् भनेर सानो स्क्रिन छ । त्यसमा दृष्यावलोकन गरेर समय कटाउन सक्ने सुविधा रहेको छ ।

सिटि स्क्यान सेवाले दुर्घटना र गम्भिर घाइते बिरामीको उपचारमा सहज हुने अस्पतालका प्रमुख एवं बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेले बताए ।‘