जोखिम कम गर्न ध्यान देऊ ।

यो बर्ष असोजको दोश्रो हप्तासम्मै मनसुन सक्रिय हुने मौंषमविदहरुले यस अघि नै जनाउ दिईसकेका छन् । भाद्र दोश्रो हप्ता कटिसकेको छ तर मुलुकभर अविरल वर्षा भइरहेको छ । वर्षाका कारण पछिल्लो समय बाढी पहिरोका कारण ठूलो धनजनको क्षती भइरहेको छ । बाढी, पहिरोका कारण बर्षेनी सयौं जनाले अकालमा ज्यान गुमाउनु परेको अवस्था छ । मौंषम अझैं एक महिना सक्रिय हुने हुँदा बर्षाको कारण बाढी, पहिरो अरु बढ्नसक्ने देखिन्छ । नेपालीमा एउटा उखान छ, सरकारको नेतृत्व पनि उखानटुक्कामा खप्पीस प्रधानमन्त्री केपी ओली छन् । प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन भन्ने नेपाली उखान नै छ ।
त्यसैले बाढी पहिरो बाट धनजनको क्षति रोक्न र कम गर्न सरकारले बिशेष ध्यान दिन जरुरी छ । हुन त् सरकारले क्षति न्युनिकरणको लागी प्रयासहरु गरेको छ, तर त्यो अपुग छ । सरकारले प्रकोप पुर्ण रुपमा रोक्न नसकेपनि सजग अपनाउन भने पक्कै सकिन्छ ।
प्रकोप अनायसै हुने हो । तर यसमा रोक,थाम र सर्तकता भने अपनाउनु पर्दछ । समयमै सजक भए थप जोखिम घटाउन सकिन्छ ।
प्राकृतिक तथा मानव सिर्जित दुबै प्रकोप प्रकारका विपद् तथा मानवीय सहयोग आवश्यक पर्छ ।
विपद्बाट प्रभावित स्थानहरुमा परिवार तथा बालबालिकाहरुको जीवनरक्षा प्रमुख रहन्छ ।
प्राकृतिक विपदमा नेपाली सेना,सशस्त्र प्रहरी बल,नेपाल प्रहरी लगायत विभिन्न संघ,संस्था समाजसेवीहरु अहोरात्र खटिएको पाईन्छ ।
बाढी, पहिरो तथा भुकम्प जस्ता प्राकृतिक प्रकोपहरुबाट नेपाल उच्च जोखिममा छ । प्राकृतिक विपत्तिका कारण धेरै बिस्थापित हुनु परेको उदाहरण उल्लेख्य छन ।
पहिला पहिलाका वर्षहरुमा पनि बाढि पहिरोका कारण धेरैले ज्यान गुमाउनु परेको थियो भने हजारौ विस्थापित भएका थिए । यसपालि पनि साउनको अन्त्य हुँदै गर्दा वर्षा लगातार रुपमा भइरहेको छ ।
बाढी पहिरोको उच्च जोखिम छ । नेपाल भुपरिवेष्टिक देश भएका कारण हिमाल, पहाड र तराई सबैतिर जोखिम छ ।
पहाडमा पहिराका कारण बस्ती नै बगाउने जोखिम बढी हुन्छ भने तराई समतल भएका कारण बाढीले डुबीरहेको अवस्था छ ।
जोखिम भएका पहाडी बस्तीलाई स्थानान्तरण गरी सुरक्षित स्थानमा बसोबास गराउन सकिन्छ । जसले गर्दा धनजनको क्षति कम गर्न सकिन्छ ।
नेपाल जलवायु परिवर्तनका असरहरुबाट पनि जोखिममा रहेको छ र यहाँ तापक्रम बढ्दै जानुको साथै वर्षा पनि अनियमित हुने गरेको छ ।
यस वर्ष शुरू भएको मौसमजन्य विपद्बाट हालसम्म धेरै जनाले ज्यान गुमाइसकेका छन् ।
जलवायु परिवर्तनका कारण खडेरी, बाढी तथा प्रतिकुल मौसम आइपर्नु जस्ता प्राकृतिक प्रकोपहरुको सम्भावना बढ्दै जान्छ ।
यसको फलस्वरुप महामारी र सुख्खापन फैलिनुका साथै समुदायको जनजीवन र कृषि उत्पादनमा प्रतिकुल असर पर्दछ ।
बाढि र पहिरो जस्ता समस्यासँगै बर्षाले सम्बन्धित स्वास्थ्य जोखिमहरु बढाएको पाईन्छ ।
उच्च गरिबी र खानेपानी तथा सरसफाई जस्ता अत्यावश्यक सेवाहरुको पहुँचसँग मिसिएर स्वास्थ्य जोखिमहरु बढाएको हुन्छ जसका कारण विभिन्न प्रकारका संक्रामण रोगले सताउने गर्दछ । खोला छेउछाउमा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तर गर्नुपर्दछ ।
यसका निम्ति सरकारले समस्या क्षेत्र निराकरण गरि जिवन रक्षाका लागि पहल गर्नु पर्ने थप जरुरी हुन्छ । घटना घटिसकेपछि भन्दा पनि घटना घट्नुपूर्व सावधानी अपनाउनु उत्तम हुन्छ । अत: देशभर अबिरल बर्षाको कारण आईरहेका बाढी पहिरोका कारण सिर्जित दुर्घटना नियन्त्रण र जोखिम कम गर्न सरकारले पूर्ण जिम्मेवारीको साथ ध्यान दिनुपर्दछ । भण्डाफोर अभियान साप्ताहिकबाट