बागमती प्रदेशका मुख्य मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरु

सूर्य बराल (अध्यक्ष साप्ताहिक सञ्जाल नेपाल)
नेपालमा सात प्रदेश छन्, जसमध्ये विच भागमा अवस्थित बागमती प्रदेश हरेक हिसाबले अत्यन्तै रणनैतिक सामारिक एवं महत्वपूर्ण प्रदेश हो । धार्मिक, शैक्षिक, आर्थिक, जानसांख्यिक, भौगोलिक हिसाबले मात्र होईन यो प्रदेश पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिन्छ । मुलुकको केन्द्रीय राजधानी रहेको यो प्रदेश क्षेत्रफल २० हजार ३ सय वर्ग किमि छ । जुन कुल भू–भागको १३.७९ प्रतिशत जमिन हो ।
यही प्रदेशमा राजधानी काठमाण्डौं समेत पर्ने हुँदा यो प्रदेश धेरै हिसाबले महत्वपूर्ण र सम्पन्न पनि छ । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रसमेत रहेको बागमती प्रदेशमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली जिल्ला रहेका छन् ।
जनसंख्याका हिसाबले पनि अरु प्रदेश हेरी यो प्रदेश अगाडि नै छ । गत् जनगणना अनुसार यहाँको जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ छ । सडकका हिसाबले पनि यो प्रदेश अन्य प्रदेशभन्दा सम्पन्न छ । यो प्रदेशको मुख्य पर्यटकीय स्थलका रुपमा काठमाडौं, भक्तपुर तथा ललितपुरका ऐतिहासिक धरोहरहरू, चितवनको चितवन राष्ट्रिय निकुञ्ज र आसपासका धार्मिक एवं पर्यटकीय क्षेत्रहरु, देवघाटलगाएतका स्थानहरु पर्यटकको आकर्षक गन्तव्यको रूपमा परिचित छन् ।
त्यसैगरी गौरीशंकर हिमाल, गणेश हिमालदेखि सिन्धुलीगढीसमेत यो प्रदेशमा पर्ने भएकाले हिमालदेखी चारकोशे झाडीसम्म पर्यटकहरुका लागी ट्र्ेकिग देखी सफारीसम्म गर्न पाईन्छ ।
चितवन
चितवन जिल्लाका प्रमुख पर्यटकिय स्थलहरुमा चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रका रुपमा रहेका पर्यटकीय गन्तब्यहरु सौराहा, पटिहानी, कसरा जगतपुर, मेघौंली गोलाघाट साथै माडीको सोमेश्वर, पबित्र तपोभुमी देवघाट क्षेत्र हुन् ।
यसका अलवा ईच्छाकामना मन्दिर क्षेत्र, चितवनको सबैभन्दा अग्लो चिसो पहाडी भाग सिराईचुली, चौंकी डाँडा लगाएतका चेपाङ्गहिल, पुरानो सदरमुकामको रुपमा स्थापित एतिहासिक स्थल उपरदाङ्गगढी, नारायणगढ मुग्लीन हाईवेमा अवस्थित लामो झरना, दियालो बंङ्गला र नारायणी सि विच लगाएतका ५ दर्जन बढी पर्यटकीय स्थलहरु छन् ।
विश्वबाट लोप हुने अवस्थामा पुगेका दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, पाटे बाघलगायत अनेकौं जंगली जनावर, जलचर, चरा र वनस्पतिहरूसँग सजिलै साक्षात्कार हुन सक्ने अवसर यहाँ पाईन्छ । त्यस्तै अध्यात्मीक एवं भौतिक अध्यय्न अनुसन्धान र मनोरञ्जनका लागी पनि यो स्थान प्रसिद्ध छ ।
काठमाडौं
काठमाण्डौं उपत्यका भित्र रहेको यो जिल्ला प्रदेशको केन्द्रीय राजधानी जिल्ला पनि हो । काठमाडौँमा पर्यटकीय तथा धार्मिक स्थलहरु धेरै रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय ठाउँहरु पशुपतिनाथ मन्दिर, कीर्तिपुर रहेका मन्दिरहरु, स्वयभ्भू स्तुपा, ठमेल, दरबारमार्ग, शिबपुरी राष्ट्रिय निकुञ्ज, भालेश्वर महादेव मन्दिर आदि रहेका छन् ।
ललितपुर
ललितपुर पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा रहेको छ । भौगोलिक तथा जैविक विविधता, सांस्कृतिक र कलामा धनी यो जिल्ला अन्तर्रा्ष्ट्रियस्तरमा समेत पर्यटकीय स्थलको रुपमा परिचित छ ।
गोदावरीको फुलचोकी, महाभारतीय रेञ्जको रमिते र गुफाडाँडा, इकुडोलको माझखण्ड, देवीचौरको सुन्तोलीडाँडा र देउराली, भट्टेडाँडाको सातकन्या, बुखेलको बिमिरे, चन्दनपुरको ससिपाभञ्ज्याङ, नल्लुडाँडा, डुकुछापको कटवालदह र लामाटारको लाँकुरीभञ्ज्याङ डाँडाहरु आदि पर्यटकीय ठाउँ हुन् ।
भक्तपुर
भक्तपुर पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण जिल्लाको रुपमा रहेको छ । यस जिल्लामा भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, सूर्य्विवनायक मन्दिर, ठिमी भक्तपुर दरवार क्षेत्रको पानोरोमिक दृष्य पर्यटकीय क्षेत्र हुन । यसका अलवा नगरकोट, भुपतिन्द्र मल्लको सालिक, सुनको ढोका, भैरवनाथ मन्दिर ठूला,े घण्टा, च्यासिङ देगल, न्यातापोल मन्दिर, पचपन्नझ्याले दरवार, च्यासिङ देगल पनि पर्यटकीय क्षेत्र हुन् ।
मकवानपुर
पर्यटकीय हिसाबले मकवानपुर जिल्ला पनि महत्वपूर्ण मानिन्छ । यहाँ धार्मिक मठ मन्दिरहरू उल्लेख्य मात्रमा छन् । हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र रहेका भूटनदेवी, भुवनेश्वर महादेव, पुण्य क्षेत्र चर्चीत छन् भने मकवानपुरगढी गाविसमा पर्ने मनकामना मन्दिर र वंशगोपालको मन्दिर रहेको छ । चुरियामाईमा चुरियामाईको र भैंसेमा त्रिखण्डी महादेवको मन्दिर प्रसिद्ध छन् ।
त्यसैगरी चिसो मौंसम रहेको दामनमा ऋषेश्वर र इन्द्रायणी माईको मन्दिर छ भने बज्रबाराहीमा बज्रबाराही, नामटारमा स्यार्सेकालिका, चित्लाङ्गमा शिवालय,हेटौंडा -९,चौधघरेमा शीर्षक लिंङ्करहेको कुष्माण्ड सरोबर त्रिवेणीधाम (मुक्तीनाथ पछिको १०८ धारा रहेको नेपालकै एक प्रसिद्ध धार्मिक एंव पर्यटकिय स्थल) साथै चिसापानी गडि मा बटुक भैरव को प्रसिद्ध मन्दिर छ ।
यसका अलावा चितवन राष्ट्रिय निकुञ्जका पुर्बिक्षेत्र र तामाङ बाहुल्य क्षेत्रमा गुम्बा बौद्ध घ्याङ आदि प्रख्यात मठ मन्दिर तथा देवालयहरू रहेका छन् ।
धादिङ
उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्लामा धेरै पर्यटकीय क्षेत्रहरु छन् । यस जिल्लामा पर्यटकीय क्षेत्रको रुपमा सिद्धलेक, गुप्तेश्वरीगुफा, ज्वालामुखी, चमेरे गुफा लगायत गंगा जमुना, त्रिपूरा सुन्दरी मन्दिर, खर्के डाँडा, मण्डली माई, रहेका छन् । यस बाहेक धादिङ जिल्लामा तातोपानी मूल झार्लाङ, भैरवी मन्दिर सुनौलाबजार, खाल्टेको बाहुन बाजा, खड्का देवी मन्दिर मैदी, सलाङको मगर नाच पर्यटकलाई लोभ्याउने कला संस्कृतिले भरि पूर्ण छ ।
नुवाकोट
पर्यटकीय क्षेत्रको रुपमा नुवाकोट जिल्लामा नुवाकोट दरबार नै प्रमुख पर्यटकीय स्थल हो । यस बाहेक यहाँ बाट विभिन्न हिमालहरुको दृश्यहरुको अवलोकन गर्न सकिन्छ । साथै त्रिसुली लगाएतका केही पर्यटकीय गन्तब्यहरु रहेका छन् ।
रसुवा
चिनीयाँ पर्यटकहरुको प्रमुख आगमन हुने जिल्लाको रुपमा यो जिल्ला परिचित बन्दै गएको छ । यहाँ बाट चिनसँग नाका जोडिएकाले यस क्षेत्रको महत्व थप बढेको छ ।
गोसाँइकुण्ड, कालिका माइको मन्दिर, उत्तरगया आदि यहाँका प्रशिद्ध तिर्थस्थलहरू हुन। जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित हिमाली शृङ्खला आन्तरिक तथा वाह्य पर्यटनको दृष्टिकोणले निकै महत्त्वपूर्ण स्थान मानिन्छ ।
तामाङ जाति र वौद्ध धर्मको प्रधानता रहेको यस जिल्लामा धार्मिक स्थलको रूपमा धेरैजसो स्थानहरूमा गुम्वाहरू निर्माण गरिएको पाइन्छ । गोसाँइकुण्ड, सूर्य कुण्ड, पार्वतिकुण्ड, क्यान्जिन भ्याली, धुन्चे, स्याप्रु, तातोपानी घोडातवेला, लाङटाङ चन्दनवारी आदि मुख्य पर्यटकीय क्षेत्रहरू हुन् ।
काभ्रे
गगनचुम्बी हिमालहरूमध्ये मनास्लू, लमजुङ्ग, गणेश हिमाल, गौरीशंकर हिमाल, लामटाङ, रोल्वालिङ, महालंगूर र कुम्भकर्ण हिमालयहरू यस जिल्लाका बिभिन्न भागबाट स्पष्ट देखिन्छन् ।
काभ्रे जिल्लाको पर्यटकीय स्थलको रुपमा अग्ला चुचुरा चढ्ने पर्वतारोहीहरूले मात्र साधारणतया देख्न पाउने हिमनदी धुलिखेलको देवीस्थान डाँडाबाट सजिलै देख्न पाउने भएकोले पनि यो ठाउँ आकर्षणको केन्द्रबिन्दू बन्दै गएको छ ।
उपत्यकाको पूर्वमा रहेको नेवार बस्ती भएता पनि काठमाडौं र पाटनका नेवारहरूको भन्दा यहाँका नेवारहरूको संस्कृति र रीतिरिवाज धेरै अर्थमा बेग्लै ढंगको भएकाले यो ठाँउको अझ महत्व छ ।
सिन्धुपाल्चोक
प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले सिन्धुपाल्चोक जिल्ला राष्ट्रको उत्कृष्ट जिल्लाहरुको दांजोमा आउँदछ । यस जिल्लाको प्रमुख प्राकृतिक सम्पदाहरुमा हिमाली टाकुराहरु, जलस्रोत र जङ्गल हुन् ।
भोटेकोशी, सुनकोशी, ईन्द्रावति, ब्रम्हायणि र मेलम्ची जस्ता प्रमुख नदीहरु तथा पांचपोखरी, भैरवकुण्ड र सुर्यकुण्ड नामक तीन प्रसिद्ध कुण्ड र संधैभरी तातोपानि आईरहने तातोपानी धारा, उत्तरी भागमा ६,५३५ मिटर उचाईको जुगल हिमाल र अन्य हिमाल पर्यटकीय क्षेत्रका रुपमा रहेका छन् ।
त्यस्तै, ईन्द्रावति नदीको फांट, जलबिरे खोलाको फांटबञ्जीजम्प स्थल ,हेलम्बु तथा जिल्लाको उत्तरी भागमा १,१५,००० हेक्टर क्षेत्रफल ओगटेको लाम्टाङ बन्यजन्तु आरक्ष, र सुनकोशी नदीको वरीपरी जस्ता सुबिख्यात पर्यटकिय स्थलहरु हुन ।
दोलखा
नेपालको पर्यटकिय नगरी मध्येकै एक उत्कृष्ट पर्यटकिय नगरी हो दोलखा । समुन्द्र सतहदेखी करिब ३९ सय मिटर उचाईमा रहेको कालिञ्चोक भगवति माईको मन्दिर, दोलखा भिमसेनको मन्दिर तथा गौरिशंकर हिमाल यस क्षेत्रको मुख्य पर्यटकीय स्थल हुन् । गर्मीको मौंषममा हिमाली जिल्लाको चिसो हावापानी र सेताहिमालहरु न्जिकैबाट हेर्न यस जिल्ला चर्चामा चुलिदै आएको छ । यस्को अलवा नेपालको स्विटजरल्याण्डको रुपमा स्थापित जिरी लगाएत आदा दर्जन बढी स्थापित धार्मिक तथा पर्यटकीय स्थलहरु रहेको यो स्थान आजभोली फिल्मीसिटी जील्लाको रुपमा पनि चर्चा कमाईरहेको छ ।
रामेछाप
विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेश रामेछाप क्रस गरेपछि मात्र हुन्छ । त्यसैले पर्यटन रामेछापका लागि राम्रो अवसर हो ।
तर, प्रचार प्रसारको अभाव, साधन र श्रोतको उचित परिचालन हुन नसक्दा रामेछापका लागि पर्यटन फष्टाउन सकेको छैन ।
लिखु, सुनकोसी, खिम्ती, तामाकोसीजस्ता नदीहरूमा ¥याफ्टिङ्ग सञ्चालन, ६९५८ मिटर अग्लो नुम्बुर हिमश्रृङ्खला, ३१०६ मिटर अग्लो तामेजस्ता क्षेत्र, पाँचपोखरी, जटापोखरी जस्ता क्षेत्र पर्यटकीय स्थलहरु हुन् ।
सिन्धुली
सिन्धुली जिल्ला पर्यटकीय दृष्टिकोणबाट अत्यन्त सुन्दर छ । धार्मिक एवम् ऐतिहासिक महत्व उच्च रहेको सिन्धुली एतिहासिक जिल्ला हो ।
कमलामाई, कुशेश्वर महादेव, सिद्धबाबा, कालिकामाई यहाँका मुख्य मन्दिर हुन् । नगरपालिका हुँदै बग्ने कमला नदी देशभर प्रसिद्ध छ ।
अँग्रेजसँगको युद्धभुमी एतिहासिक सिन्धुलीगढी, नगरपालिकास्थित रानीचुरी डाँडो जिल्लाकै ऐतिहासिक पर्यटकीय स्थल हो ।
यसका अलवा प्रदेशमा अरु पनि दर्जनौं धार्मीक, साँस्कृतिक एवं पर्यटकीय स्थलहरु छन् जस्को संरक्षण, बिकास, प्रचार प्रसार र प्रवद्धनमा प्रकृतीप्रेमी, स्थानीय, सरकार र स्वंय पर्यटकहरु पनि लागी पर्नुपर्दछ ।
(लेखक चितवनमा सक्रिय पत्रकारीतासँगै पर्यटन व्यवसायमा समेत आबद्ध ह¬न¬ह¬न्छ ।)