पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ/पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घटाइएको छ ।