टेस्ला एयर कण्डिसनले ल्यायो ‘पिक एण्ड ड्रप’ को सुविधा

टेस्ला एसी खरिद गर्न चाहाने ग्राहकलाई ‘पिक एण्ड ड्रप’ को सुविधा

भरतपुर/दशै तिहार र छठलाई लक्ष्ति गर्दै टेस्लाको आधिकारिक विक्रेता भू–लक्ष्मी ग्रुपले ‘पिक एण्ड ड्रप’को सुविधा दिने भएको छ ।

टेस्लाको एसी खरिद गर्न चाहाने ग्राहकलाई कम्पनीले घरबाट ल्याउने र पुराउने सेवा दिने कम्पनीका अध्यक्ष किरण आचार्यले जानकारी दिनुभयो ।

ग्राहकले एसी खरिदका लागि कम्पनीको आधिकारीक फोन नम्बरमा अडर गरेपछि आवत–जावतका लागि गाडी घरमै पुग्ने छ । कम्पनीले भरतपुरबाट २० किलोमिटरभित्र पर्ने स्थान मुग्लिन, भण्डारा, माडी र कावासतीसम्म पिक एण्ड ड्रप गर्ने छ ।

ग्राहकलाई सम्मान स्वरुप यो योजना नेपालमै पहिलो पटक ल्याइएको अध्यक्ष आचार्यले दाबी गर्नुभयो । कम्पनीले एसी खरिद गर्न चाहाने ग्राहकलाई घरमै गएर पिक गर्ने र शोरुममा प्रत्यक्ष रुपमा एसीबारे जानकारी दिइने छ ।

कम्पनीले स्थापनाको १० औ वर्षको अवसरमा चाडवाड विषेश छुट अवसर अन्तर्गत यो स्किम ल्याएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो।

कम्पनीले चाडपर्व विषेश ल्याएको योजनाअनुसार एसी जडान र डेलिभरीमा कुनै पनि शुल्क नलाग्ने पनि जनाएको छ । यो योजनामा टेस्लीको कुनै पनि एसीहरु खरिद गर्न सकिने छ । ग्राहकलाई न्यानो माया र सत्कार कसरी गर्न सकिन्छ भनेर सो सेवा दिन लागेको अध्यक्ष आचार्यले प्रष्ट पार्नुभयो । नेपालीहरुले सहज सेवा खोजी रहेकाले यो सुविधा दिन लागेको उहाँको भनाई छ ।

विदेशमा रही बुवा आमालाई गिफ्ट दिन चाहाने छोरा छोरीको लागि यो सर्वसुलभ सेवा दिन यो बाहार ल्याएको कम्पनीले जनाएको छ ।

टेस्ला एसीमा कम विद्युत खपत, फ्रेस एयर टेक्नोलोजी, एयर पियुरीफाई, स्मार्ट कन्ट्रोल, रियल टाइम एयर क्वालिटी डिस्प्लेसहितको सुविधा रहेका छन् । चीनबाट आयात गरिएको यो एसीमा एक सय २० महिनाको वारेन्टी तथा एक वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधासहित उपलब्ध रहेको छ ।

–––