Breaking News

भाद्र ३० गतेबाट आश्विन ०४ गतेसम्म नेपाली सेना र अमेरिकी सेनाबिच संयुक्त अभ्यास हुँदै !

काठमाडौँ /नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबिच संयुक्त अभ्यास हुने भएको छ । भाद्र ३० गतेबाट आश्विन ०४ गतेसम्म दुई देशका सेनाबीच संयुक्त अभ्यास ‘प्यासिफिक एन्जल’ सञ्चालन लागेको हो ।

अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदान प्रदान हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार जनाएको छ ।

काठमाडौँ, मकवानपुर र धादिङ जिल्लाहरूमा सो सम्बन्धी विभिन्न अभ्यासहरु सञ्चालन हुने सेनाको भनाइ छ । सन् २०१२ बाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण भएको जनाइएको छ ।

विगत लामो समयदेखि विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई देशका सेनाबीच विभिन्न अभ्यासहरू सञ्चालन हुँदै आएको सेनाले जनाएको छ ।

sahid diwas