नेपाल ह्याचारी संघको स्वागत, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

चितवन/नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेश समन्वय समितिले मिति २०८१ भदौ २७ गते नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघको २०८१ भदौ १४ गते सम्पन्न १३ औ साधारण सभा तथा छैठौ अधिवेशनवाट निर्वाचित कार्यसमितिलाई स्वागत, बधाई तथा शुभकामना दिने कार्यक्रम सम्पन्न भएको छ।
नेपाल ह्याचरी उद्योग संघ बाग्मती प्रदेश समन्वय समितिका संयोजक श्री ज्ञानवहादुर बिसुरालज्यूको सभापतित्वमा भएको कार्यक्रममा उहांले नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा हार्दिक बधाई ज्ञापन गर्दै व्यवसायिक एकता, समन्वय र सहकार्यवाट नै समग्र पेशा व्यवसायको हित हुने धारणा राख्नु भएको थियो । नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र लामिछानेज्यू र कार्यक्रमका सभापती श्री ज्ञानवहादुर बिसुरालज्यूले टिका र दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका निवर्तमान अध्यक्ष श्री मनोज रानाभाटज्यूले सप्लायर्स व्यवसायीहरुको अवस्थाका बारेमा जानकारी गराउदै व्यवसायिक एकता र सदभाव कायम राख्न यस्ता कार्यक्रमहरु प्रेरयादायी हुने विचार राख्दै चल्लाको बजार अवस्थाका बारेमा छलफल गर्दा यस संघका प्रतिनिधिलाई पनि सहभागि गराउन आग्रह गर्नु भएको थियो ।
त्यसै गरि कार्यक्रममा नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष श्री महेश्वर पोखरेलज्यूले सप्लायर्स व्यवसायीहरुको भूमिका, हाल सम्म गर्दै आएको कार्य, पेशा व्यवसायलाई मर्यादित गराउन हुनुपर्ने एकता, सहकार्य र समन्वयका बारेमा जोड दिदै मन्तव्य राख्नु भएको थियो ।

अन्तमा नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र लामिछानेज्यूले व्यवसायिक एकता, समग्र पोल्ट्री व्यवसायको अवस्था, चल्ला, अण्डा, दाना, कुखुरा उत्पादक र ति बस्तुहरु उपभोक्ता सम्म पुरयाउन पुलको भुमिका खेल्ने सप्लायर्सहरु बिच एकता, हार्दिकता, सहकार्य र समन्वय हुनु पर्ने विषयमा धारणा राख्नु भएको थियो।

त्यस्तै चल्लाको बजार अवस्थाको विश्लेषण गर्दा मूल्यका बारेमा छलफल गर्दा नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका प्रतिनिधिलाई समेत आमान्त्रण गर्ने विषयमा हाम्रो संघमा छलफल गर्ने प्रतिबद्धता जाहेर गर्दै सवैमा धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नु भएको थियो। कार्यक्रमको संचालन कार्यकारी अधिकृत श्री शिवप्रसाद बरालले गर्नु भएको यियो ।