भरतपुरमा ‘राम मिष्ठान्न भण्डार’को शाखा संचालनमा
चितवन/भरतपुर १० एरपोर्ट अगाडि एक कार्यक्रमकाबीच ‘राम मिष्ठान्न भण्डार’को उद्घाटन गरिएको छ । नेपाल होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले उक्त मिष्ठान्न भण्डारको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदै उहाँले व्यवसायीका हकहित र अधिकारको सुनिश्चिततामा राज्यले जोड दिनुपर्ने बताउनुभयो ।
बि।स। २०४१ सालदेखि व्यवसाय संचालन गर्दै आइरहनुभएका ‘राम मिष्ठान्न भण्डार’का संचालक राम प्रसाद सुवेदीको अहिले हाल दुईवटा मिष्ठान्न भण्डार र गैंडाकोटमा श्रीराम पार्टी प्यालेस गरी तीनवटा व्यवसाय संचालन गर्नुभएको छ । स्वदेशमा नै केही गर्नुपर्छ भन्ने उदेश्यले झन्डै ४० लाखको लागतबाट व्यवसाय संचालन गर्नुभएका उहाँले अहिले करोडौंको व्यापार गर्दै आइरहनुभएको छ ।
सुवेदीले आफ्नो व्यवसायमा ४० जनालाई रोजगारी दिदै आउनुभएको छ । आजको आर्थिक मन्दीको समयमापनि स्वदेशमा नै व्यवसाय गरेर ४० जनालाई रोजगारी दिन पाउँदा खुशी लागेको उहाँ बताउनुहुन्छ । ६४ सालदेखि नेपाल यातायात व्यवसायी महासघको ५ औं उपाध्यक्ष समेत सुवेदी रहँदै आउनुभएको छ ।