हिरो ब्राण्डको स्कुटर र मोटरसाइकल किन्दा ५ लाखसम्मको उपहार

चितवन/नेपालका लागि हिरो ब्राण्डको मोटरसाईकलको आधिकारिक बिक्रेता सिजी मोटर्सले चाडबाड लक्षित गरी विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । यही आउंँदो दशै, तिहार, छडलाई लक्षित गर्दै यो अफर सार्वजनिक गरेको हो । यो योजना चितवन लगायत देशभर यही आइतवारबाट शुरु गरिएको कम्पनीले जनाएको छ ।
यूरो मोटर्स प्रा. लि.का नारायणगढका प्रबन्ध निर्देशक सन्तोष भट्टराईका अनुसार ग्राहकले हिरोका कुनैपनि मोडलका स्कुटर तथा मोटरसाइकल किन्दा हात खाली नजाने ८ हजार रुपैंया र ५ लाखसम्मको स्क्र्याच कुपन प्राप्त गर्नेछन । साथै कम्पनीले हिरो बा्रण्डका मोटरसाइकल र स्कुटर किन्ने ग्राहकका लागि अनलाईन लाईभ गरी चिठ्ठा मार्फत एकजनालाई बम्पर उपहार अन्र्तगत नेटा भि गाडी उपलब्ध गराइने प्रबन्ध निर्देशक भट्टराइले जानकारी दिए । यो अवसर नगुमाउन पनि कम्पनीले सबैलाई अनुरोध गरेको छ ।
हाल हिरो मोटर्सका दुई भेरियन्टको स्कुटर२ लाख ५२ हजार ९सय र २लाख ९२ हजार ९सय मुल्यका स्कुटर र २०० सिसिको एक्स पल्स मोटरसाइकलको मुल्य ४ लाख ६४ हजार ९सय र स्प्लेण्डर प्लसको २ लाख १२ हजार ९सय र सुपर स्प्लेन्डर प्लस मोटरसाइकलको मुल्य २ लाख ४७ हजार ९ सय रुपैयामा उपलब्ध छ ।