कला,चलायमानता र जीवन

नबगेको खोलामा लेउ लाग्छ, कर्म नगर्ने हातमा रोग लाग्छ, चलायमान हुन नजानेको जीवनमा शोकले डेरा जमाउन थाल्दछ । शौक एक प्रकारको मौन मृत्यु हो । चिताले केवल मुर्दालाई जलाउँछ तर शोकले जिउदो मानिसलाई नै समाप्त गरिदिन्छ । जीवनरुपी चौतारीलाई भताभुड्ड, लथालिड्ड तथा क्षतविक्षत बनाएको हजारौं घटनाक्रमहरु मौजुदा समाजमा चारैतर्प विद्यमान छन् ।
 
फलामलाई खियाले नजानिदो तरिकाले समाप्त पारिदिए जस्तै शोकरुपी खियाले मानवजीवनलाई तहसनहस गर्ने सत्यतालाई छिपाउन सकिदैन । बाँस पूलेपछि बढ्न छाड्छ, मानिसले सानो कुरामा शोक गर्न थालेपछि उन्नतिको विमान खुल्ला आकाशतिर उडान भर्नुपर्नेमा धर्तिमा भासीन पुग्दछ । जीवनको गति रुक्दछ । जीवन बगीरहेको नदी हो । बग्न दिनुपर्दछ, बग्नु पानीको धर्म हो, कुनै न कुनै तरिकाले आÇनो बाटो बनाएर अगाडि बढेर नै छाड्दछ पानी ।
 
पानीको रुप, स्वरुप बदलिए पनि बग्ने धर्म भने कदापी परिवर्तन हुदैन । पानी जहिले पनि माथिबाट तलतिर नै बग्दछ, बग्नु वा भनौ चलायमान हुनु पानीको नैसर्गिक स्वभाव हो, विशेषता हो । हामी मानवको जीवन पनि पानी सरह पल प्रतिपल बगीरहेको छ , चलायमान हुनु आवश्यक पर्दछ अंग्रेजीमा जीवनलाई ुीषभु भन्ने गरिन्छ यसलाई परिभाषित गर्नेहरुले ीषभ ष्क ायिध या भलभचनथ (जीवन बगीरहेको उर्जा हो) को संक्षिप्त शब्द हो भनेर पनि मान्दछन् । उर्जा (भलभचनथ) सदैव बग्दछ (ायिध) । उर्जाले वग्न नपाउने वित्तिकै एलर्जी (भभिचनथ) को रुप लिन  थाल्दछ । एनर्जी प्रकाश हो, एलर्जी जीवनको अध्यारो पक्ष हो । प्रकाश र अन्धकार कदापी एकै स्थानमा रहन सक्तैन । प्रकाश (शक्ति) लाई न कसैले बनाउन सक्छ न त कसैले विगार्न नै । यो एक स्थानबाट अर्को स्थानमा सतत बगिरहन्छ । बग्ने क्रममा एक निश्चित उचाँइसम्म पुग्दछ र क्रमशः तल्लो अवस्थामा झर्दछ । निरन्तर रुपमा प्रकाश बगीरहन्छ । मानव जीवन  उर्जाको पुञ्ज भएकाले एक निश्चित लक्ष्यलाई चुम्नका लागी चलाएमान हुनु अति आवश्यक हुने गर्दछ ।
 
जानिफकार मान्दछन् जीवनलाई चलायमान अवस्थामा राखीरहनका लागी कुनै न कुनै विध्न,परिस्थिति,अडचन,समस्या वा चुनौति आइनै रहन पर्दछ । चुनौति विनाको जीवन प्राण विनाको शरीर ,बासना विनाको फुल,सौन्र्दयता विनाको प्रकृति,धार विनाको हतिहार,निपूणता विनाको ज्ञान,अनुभव विनाको शान किमार्थ मूल्यवान मानिदैन् । सयमको वर्वादी मात्र हो ।
 
चुनौति नै सफलताको द्धार हो ः–
 
“जित वा हार,रहो तयार” डा. उज्जल पाटनी(भारत) द्धारा लिखित कितावमा चुनौतिका सम्वन्धमा कोरीएको एउटा सन्र्दभ स्मरणयोग्य लाग्दछ । दोस्रो विश्वयुद्धपछि जापान छतविछेत अवस्थामा पुगेको कुरा सारा विश्वका अगाडी खुल्ला किताब सरह छ । आर्थिक धरातल अत्यन्त धरासायी भइसकेको जापानीज नागरीकहरुले अत्यन्त गभ्भीरपूर्वक राष्ट उन्नतिका लागी निकै राम्रो सोच बनाएछन् । प्रसस्त समुन्द्र भएका कारणले होटल व्यवसाय फष्टाउन सक्ने सभांवना देखे उनिहरुले । समुन्द्रको वरीपरि होटलहरु खोल्ने र आउने ग्राहकहरुलाई ताजा माछा तारेर खुवाउने रहर उनिहरुमा पलाएर आएछ । यसका निमित्त होटल र एउटा ठुलो जहाजको व्यवस्था मिलाए सम्पूर्ण समस्याको समाधान भइनै हाल्छ भन्ने आकाक्षाका साथ यात्रा प्रारम्भ गरेछन  ।
 
माछा मार्न जाने क्रममा कहिलेकाही निकै समय व्यथित गर्नुपर्ने अवस्थाको सृजना हुन थाल्यो । घरीघरी माछा समाप्न जानुभन्दा गएको अवसरमा अलि मनग्गै माछाहरु लिएर आउँ भन्ने लाग्दो रहेछ उनिहरुलाई । तर दुर्भाग्य भनौ निकै लामो समय खर्चिएर माछाहरु ल्याउदा स्वतः माछाको स्वादमा फरक पन आउन थालेछ वा भनौं गन्हाउन थालेछन ति माछहरु । अव के गर्ने ? होटेल खोले पुग्ला अनि समस्या आफै कम होला भन्ठाने,तर भएन । ताजा माछा ग्राहकलाई ख्याउने उत्कण्ठा जागृत भयो । माछा समातेर लिएर आउदा गन्हाउन थाल्यो ।
 
चुनौति थपिने क्रममा झन झन समस्या  बढन थाल्यो जुन आफैमा स्वभाविक पनि हो र पनि जीवन चलायामान छ रोकिन त भएन भन्ने लाग्यो उनिहरुलाई । अव अर्को विकल्पको खोजी प्रारम्भ हुन थाल्यो । तिनै जहाजहरुमा फ्रिजको व्यवस्था मिलाइदिन सकेको खण्डमा लगभक समस्या समाप्त होला । त्यसै गरे । ठु–ठुला फ्रिजहरुलाई जहाजैमा जडान गरेर लिएर गएछन् । यथासम्भव माछाहरुलाई समाउदै फ्रिज भित्र कोचार्न थाले । समस्याको समाधान भयो भन्ने लागेको थियो उनिहरुलाई । तर सगंसगै उनिहरुलाई के थाहा रहेनछ भने माछा माथी माछा खप्ठाएर फ्रिजमा राख्दा माछा माछा विचको स्पर्शले उनिहरुको मौलिक स्वादमा फरक ल्याउदो रहेछ । पुनः चुनौति थपीयो । अव के गर्ने ? र पनि उनिहरुले चुनौतिलाई समाना गर्दे सभांवनाको खोज ीगर्न छाडेनन् ।
 
उक्त जहाजमा एक्युरियम जडान गरिदिए । त्यसभित्र पानि पनि हुने भयो ,खप्टिइनु पनि परेन तथा माछाहरु मरिहाल्ने पनि भएनन । सभंवत यस्तो अवस्थामा अव सम्पूर्णरुपले समस्या समाधान हुन सक्छ भन्ने कुरामा उनिहरु ढुक्क थिए । तर अर्को दुभाग्य शुरु भयो उनिहरुका लागि । निश्चित आकारको एक्युरियम भित्र प्रसस्त माछाहरु राखिदा स्वभाविक रुपमा हलचल गर्न पाएनन् माछाहरुले । स्थिर भएर बस्नु पर्ने भयो ,चल्न नपाउँदा पनि उनिहरुको स्वादमा स्वभाविकता गुम्दो रहे्छ । ग्राहकहरुले माछाबाट वास्तविक स्वाद पाएनन् । र पनि समस्या समाधान हुन अझै सकेन । समस्या भन्नेकुरा ओरालोमा गुडिरहेको ढुडा समान हो ।
 
जुन कुनै दिशातिर पनि मोडिन सक्छ , कुनै पनि भर हुदैन । अव के गर्ने ? माछाको च्भब ित्भकत पनि ख्याउन मन छ अन्यथा व्यापरको भविष्य सुनुयोश्चित हुदैन । सम्पूर्ण लगानी बालुवामा पानी हाले समान हुन्छ । तथापी उनिहरुले खोजीको प्रक्रियालाई रोकेनन् । निरन्तर अगाडी बढिरहे । चुनौतिलाई सहजताका साथ स्विकार गरीनै रहे । विविध सभांवनाको खोजीमा दत्तचित्त का साथ समर्पित भइनै रहे । अन्त्यमा समस्याको समाधान पत्ता लागेर नै छाडयो । ति ठु ठुला एक्युरियम भित्र उनिहरुले एउटा सार्क नामको माछा हालिदिए । निश्चय पनि सार्कले एउटा दुइवटा माछाहरु खाइदिन्थ्यो । तर  सार्क माछाका कारण बाकिँ माछाहरु एकैस्थानमा चुप्प लागेर बस्न पाउदा रहेनछन । उसको उपस्थितिमा सम्पुर्णमाछाहरु प्राण रक्षार्थ उसबाट टाढा हुन रुचि राख्दारहेछन् । फलतः माछाहरु विचको चलायमानता कारण उनिहरुको सम्पूर्ण मनोआकाक्षा पुरा भएरै छाडयो।
 
अहा कस्तो विचित्रको हृदयस्पर्शी प्रसड. । स्मरणयोग्य दृश्य । एउटा सार्कमाछाका कारण हजारौ माछाहरुविच चलायमानता बनिरहयो र समस्याको जड पत्तालाग्यो । यसैगरी मानव जीवनमा समस्या,चुनौति,व्यवधान वा अडचनरुपी सार्कले हरेक मानवलाई स्थिर भएर बस्न दिदैन। चल्नु नै पर्ने अवस्थाको श्रृजना हुन्छ । गतिमा आउनै पर्दछ । गतिनै सम्पूर्ण समस्याको चावी हो । समस्यारुपी ताल्चा जति सुकै ठुलो किन नहोस तर सावधानरुपी चावी जहिले पनि सानो नै हुने गर्दछ । 
 
गति जीवनका लागि अत्यावश्यक छ तर सगंसगै सर्तकतापनि अपनाउनु पर्दछ । गतिमा आउनेक्रममा सयंमतालाई थाति राख्न कदापी पाइदैन् । जसरी एउटा साधारण ढुड.ा गतिमा आउदा आउदै ,हजारौ लाखौपटक एक आपसमा ठोकिदा ठोकिदै अन्ततः सालिकराम को रुप लिन थाल्दछ । जसलाई हिन्दुसस्कृतिमा देवताको रुप मानेर पुज्ने कार्यपनि गरीन्छ तर सालिकराम कहि कुतै चर्किएको वा फुटेको हुनुहुदैन । फुटेको सालिकराम साधारण दुड.ाभन्दा कनै अर्थमा किमति हुदैन ,केवल सजाएर मात्र राखिन्छ । 
भाग्नु नै समस्याको जालोमा पर्नु हो ः–
एउटा मिठो प्रसड.लाई जोडौं । कल्पना गरौं एउटा माझीदाई माछामार्न भनेर तलाउमा जाल लिएर गए । तलाउभरी प्रसस्तमाछाहरु सलबलाई रहेका छन् । जालमा माछा फसाउनका लागि माझी दाई उभिएकै स्थानमा जाल फाल्न मिल्दैन अलि पर फयाक्नुपर्ने हुन्छ । फलतः भाग्दै गरेका माछाहरु नै उक्त जाल भित्र स्वतः पर्न थाल्दछन । भाग्नुको साटो बरु माझीदाईकै खुटाको वरीपरी लुटुपुटु गरीरहेको भए ती माछाहरु अवश्यपनि जाल भित्र त पर्देनथे । अतः हामी मानव पनि जीवनका समस्याबाट जति जति भाग्न खोज्छौ त्यति त्यति नै समस्याको जालभित्र नजानिदो तरिकाले फस्न पुग्छ । 
 
चुनौतिलाई आह्वान गरौ ः– पुरानो मान्यता छ समस्याभित्र समस्या हुदैन,समस्यालाई हेर्ने दृष्टिकोणमा यदि समस्या गासीएको छ भने सभावनाका ढोकाहरु सधैका लागि बन्द हुन्छ । जीवन र जीवीका मा आइपर्ने जे जतिसमस्याहरु छन् केवल ति समस्याहरु भनेको हाम्रो दृष्टिकोणमा आधारीत छन् । समस्या आफैमा केही हुदैन तिलको गेडा जस्तो समस्यालाई पहाड पनि बनाउन सकिन्छ र पाहाडलाई तिलको गेडा पनि । यो त केवल मानसिकताको दायराले निर्कोल गर्ने दर रेट मात्र हो । समस्याभित्रको चुनौतिलाई आह्वान गर्ने हिक्मत राख्ने हो भने समस्या जीवनको खेल जस्तो लाग्दछ । अन्यथा हामी मानव समस्यासगं डराएका होइनौ , उक्त समस्या संगसगै आउने चुनौतिलाई सहन गर्न नसकेको मात्र हो ।
 
“द एडभेन्चर अप लिडरसिप” का लेखक हाप क्लपले आफ्नो एक दूर्भाग्यपूर्ण अभियानको अनुभवमा लेख्छन् – अलास्काको एक हिमनदी तर्दै गर्दा अचानक अभियान दलका एक जना सदस्य हिउँमा लडे र उनको खुट्टा भाच्चियो । उनलाई तुरुन्तै मेडिकल उपचार को खाँचो प¥यो । त्यतिखेर तिनीहरु माउण्ट म्याकिन्लेको शिखरतिर पुग्नै लागेका थिए । समय खस्किदै थियो । सूर्य ओ:हालो लाग्नुका साथसाथै तापक्रम पनि  झर्दै थियो । तिनीहरुले जेट हेलिकप्टर (व्भत ज्भष्अियउतभच) पठाइदिनको लागि अनुरोध गर्दै रेडियोद्वारा सूचना पठाए तर त्यो त्यतिखेर अप्राप्त थियो । त्यसको सट्टामा उद्धार कार्यको लागि एक सामान्य हेलिकोप्टरको ब्यवस्था गरियो ।तर त्यति माथिको उँचाइमा यसले राम्रो सँग काम गर्न सकेन ।
 
अन्तमा, हेलिकोप्टर आइपुग्यो ।  उनीहरुले घाइते पर्वतारोहीलाई छिट्छिटो गरि चढाए तर थपिएको घाइते ब्यक्तिको थप तौलले गर्दा हेलिकप्टर जमीनबाट माथि उठ्न सकेन । यति बढी उचाईमा हावाको चाप एकदम पातलो थियो । अँध्यारो बढ्दै गएपछि  उनीहरु कुनै निर्णयमा पुग्न बाध्य भए । तिनीहरुले हेलिकोप्टरका डण्डीहरु निकाले र हेलिकोप्टरलाई उचालेर चट्टानको किनाराबाट धकेलेर तल खसाले । हेलिकप्टर तल झरेको बेला  उनीहरुले माथिबाट हेर्दा पातलो हावामा कुनै चट्टान खसेको जस्तो देखिन्थ्यो । अन्तमा, आधा दूरी जति तल भरिसकेपछि हेलिकप्टरको ब्लेडहरुले हावामा गति समात्यो र घुम्न थाल्यो । अनि त्यो हेलिकप्टर हस्पिटलतिर उड्यो । 
अतःचुनौतिको कुरा गर्ने हो भने त्यो एउटा ठूलो जोखिमपूर्ण यात्रा थियो ।
 
असफलता नै सफलताको सिढी हो 
एउटा शाश्वत कुरा के छ भने केवल सपना देख्ने र त्यो पूरा हुने विश्वास राख्दैमा आफूले चाहेको कुरा पुग्न यथेष्ट छ भनेर मूर्ख बन्न हुदैन । बाधाहरुको सामना गर्न र आफूलाई कर्मक्षेत्रमा उतार्न इच्छुक पनि हुनुपर्दछ । एकपल्ट आफ्नो आवश्यकतालाई जानिसकेपछि कर्मक्षेत्रमा आफूलाई उतार्नै पर्छ । कर्मक्षेत्रमा उत्रिसकेपछि स्वतः अगाडि बढ्ने  चाहनाले बाटो देखाउदै जानेछ ।
 
यस संसारमा कदम–कदममा बाधा अवरोधहरु हाम्रो सामु देखा परिनैरहन्छन् । यस ग्रहमा कुनै पनि त्यस्तो मान्छे छैन होला जसले कुनै दुर्दिनको अनुभव भोग्न नपरेको होस् । फरक  यति मात्र नै हो कसैले डटेर बाधाको सामना गर्दछ भने कसैले निराश भएर थचक्कै बसिदिन्छ । एक प्रख्यात विद्धान ःबहकधभिि ःबतिश ले आफ्नो पुस्तक एकथअजय–ऋथदभचलभतष्अक मा लेखेका छन् – “कसैको काम गराइको तरिका हेरेर नै उ को हो ? (अर्थात् कस्तो प्रकृतिको मानिस हो) भनेर छुट्याउन आवश्यक छ” । 
 
धेरैजसो मानिसहरु आफूलाई जस्तो राम्रो लाग्दछ त्यस्तै मात्र काम गर्दछन् ।तर यसको नतिजा सधै राम्रो नै हुन्छ भन्ने छैन । कुनै लक्ष्य लिएर काम गर्दा संयोगले असफलताको सामना गर्नुप¥यो भने यसको अर्थ यो होइन कि त्यो लक्ष्यसम्म पुग्नै सकिदैन । धेरैजसो लक्ष्यहरुसम्म एकैरातमा पुग्न सकिदैन । यो ध्रुव सत्य  हो । कुनै पनि काममा सफलता पाउनु भन्दाअघि थुप्रैपल्ट असफलताको सामना गर्नुपर्ने हुन्छ ।
 
निसन्देह हरेक दुर्भाग्य पश्चात सौभाग्य पनि आउँछ –जुनसुकै कालो बादलमा पनि चाँदीको घेरा हुन्छ ) । दुर्भाग्यको क्षणहरुमा पनि यही सोचौ यसमा पनि केही न केही कल्याण अवश्य  लुकेको छ । अतः स्वंयम्  आफै सँग सोधौं यो समस्याबाट मलाई के लाभ हुन सक्ला? जब यसरी चिन्तन–मनन गर्न थाल्छौ तब निश्चय नै हाम्रो मस्तिष्कमा यसको जवाफ फुर्ने छ । ईश्वरको आशीर्वाद सधै छद्मभेषमा लुकेको हुन्छ र त्यो कसरी प्रकट हुन्छ भन्न सकिन्न । कर्मको परिवर्तनले उन्नतिको पथ प्रशस्त गर्न सक्छ । राम्रो सँग  उपयोग गर्न सकियो भने असाधारण कठिनाइबाट पनि राम्रो परिणाम निस्किन सक्छ ।
 
स्मरण राखौं हरेक असफलता नै सफलताको परिचायक हो । “अ उपसर्ग लागेर बनेको व्युङ्खपन्न शव्द “असफलता ले यस भावलाई स्पष्ट पार्दछ ।
अतः जीवनमा चलायामानतालाई कायम राखौ , रोकिने काम नगरौं , अगाढी बढदै जाऊ,सम्पुर्ण सपनाहरु स्वतः बिपनामा परिणत हुन थाल्दछन । यो नै जीवन जीउने एक सुन्दर कला एवम् विज्ञान हो ।