भरतपुरमा राधाकृष्ण मन्दिरको सार्बजनिक जग्गा अतिक्रमण

चितवन/भरतपुर महानगरपालिका १२, राधाकृष्णटोल स्थित राधाकृष्ण मन्दिर वरीपरी रहेको सार्बजनिक जमिन केही व्यक्तिले अतिक्रमण गरेका छन् । भरतपुर बाईपासरोड साझा पेट्रोलपम्म चोकबाट २ सय मिटर भित्र रहेको उक्त मन्दिर वरीपरी रहेको सार्बजनिक जमिन केही लोभिपापी स्थानीयवासीले अतिक्रमण गरेका हुन् ।
भरतपुर महानगरपालिकाकै सर्बाधिक मंहगो आवासिय जग्गाहरुमध्ये पर्ने उक्त मन्दिर नजिक रहेको करिब ३ कठ्ठा जग्गा केही ब्यक्तिहरुले हडपेको भरपर्दो श्रोतले भण्डाफोर अभियानलाई जानकारी दिएको छ । श्रोतका अनुसार बिगतमा भुमाफियाहरुको चंगुलमा परेको उक्त मन्दिर आसपासको सार्बजनिक जग्गा जिल्ला अदालत, पुनरावेदन हँुदै सर्बोच्च अदालतसम्म मुध्धा लडेर ३ कठ्ठा १२ धुर भुफियाहरुको कब्जाबाट फिर्ता लिन सकेपनि अझै केही सार्बजनिक जमिन केही ब्यक्तिले पर्खाल नैं लगाई कब्जा गरेर राखीरहेका छन् ।
श्रोतका अनुसार उक्त स्थानमा रहेको गौंरब नेपाल कम्पनीका सञ्चालीका सुधा पौंडेल लगाएत केही व्यक्तिले अझैसम्म जग्गा हडपेका हुन् । केही समय अघि गठीत भुमि आयोग र नापीमा समेत सेटिगं मिलाई नक्सामा कुनै सार्बजनिक जग्गा नै नदेखाईएको छ । अझ गजबको कुरा त् बाईपासबाट भित्र छिर्ने त्यस स्थानको सडकको समेत नक्साकंन गरिएको छैन् । नापी र मालपोतका केही भ्रष्ट कर्मचारीहरुका भुमाफियाहरुसँग साँठगाँठ रहेको श्रोतको दाबी छ ।
बिगतमा सरकारले गठन गरेको भुमि आयोगका केही भ्रष्टहरुलाई समेत रिझाउन भुमाफियाहरु सक्रिय रहेको श्रोतले जानकारी दियो । नापीको नक्सा अनुसार हेर्दा समेत कित्ता नं. गाँजेमाजे देखिन्छ । राधाकृष्ण मन्दिरको कित्ता नं.६४५ र ६४६ रहेको छ यधपी मन्दिर वरीपरी पहिलेदेखि रहेको सार्बजनिक जग्गा व्यक्तिहरुले हडपेको प्रष्ट हुन्छ श्रोतले दाबाका साथ भन्यो ।
यसैबिच यो बिषयमा भरतपुर महानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष हरि पन्तले समेत मन्दिर आसपासमा रहेको सार्बजनिक जमिन अतिक्रमण भएको आफुले पनि सुनेको तर यस बिषयमा थप अध्ययन नगरेको बताए । महानगरस्तरीय सार्बजनिक जग्गा संरक्षण समितीका संयोजक समेत रहेका पन्तले यो बिषयमा अब छिट्टै छानबिन गरिने जानकारी दिए ।   आजको भण्डाफोर अभियान साप्ताहिकबाट साभार