उपभोक्ता समितीको नाममा भरतपुर १२ मा भ्रष्टाचार !

अघिल्लो कार्यकालमा भएको घटना भएकाले मिलाउन सकिन: वडाअध्यक्ष पन्त

चितवन/चितवनको भरतपुर महानगरपालिका भित्र उपभोक्ताको नाममा हुने बिकासका योजना र काममा ठूलो भ्रष्टाचार हुने गरेको तथ्य सार्बजनिक भएको छ।
भरतपुर १२ स्थित राईनो चिल्डेन पार्क उपभोक्ता समितीले पार्कमा महानगरको बजेट कार्यान्वयनको क्रममा ठेकेदारलाई दिनुपर्ने रकम नदिई बार्गेनिगं गरी निर्माण कम्पनीबाट रकम लिई भ्रष्टाचार गरेको देखिएको हो ।
आर्थिक बर्ष ०७९/०८० मा राईनो चिल्र्डेन पार्क निर्माण उपभोक्ता समितीलाई भरतपुर महानगरले प्रदान गरेको जनसहभागिता बाहेक रु. १० लाख..बजेटमा जय श्री कंक्रिट उधोगबाट ग्राभेल ल्याउने, फिलिगं गर्ने, रोलिगं गर्ने, ईट्टाको वाल लगाउने र मोज्याक टायल लगाउने काम सम्पन्न गरी निर्माण कम्पनीलाई महानगरले दिएको चेक दिएबापत उपभोक्ता समितीले रकम लिएको हो ।
समितीका सचिव क्रृषिराम ढकालको नाममा महानगरले दिएको चेक उनी आफैले साटी अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष मिली हजम गरेको बुझिएको छ । ढकालको नाममा आएको रु १ लाख ४९ हजार ५ सय निर्माण कम्पनीलाई दिनुको सटट उपभोक्ता समितीका पदाधिकारीले मिलीभगतमा बाँडीचुडी हजम गरेका हुन् । त्यस्तै थप काम लगाएबापतको ४० हजार समेत नदिएको पिडीत निर्माण ब्यबसायी जिवन सापकोटाले भण्डाफोर अभियानलाई जानकारी दिए । उनले भने उपभोक्ताको सम्म ब्योर्हनु ठिक छ, मेरो लगानी समेत जर्बजस्ती खाईदिने यो कहाँको चलन हो ?
सापकोटाका अनुसार यो बिषयमा आफु वडा कार्यालयमा पनि गएको, अन्य सम्बन्धित सरोकारवाहरुसँग कुरा राखेको तर कतैबाट न्याय नपाएको गुनासो गरे ।
उनले समाजमा हुने यस्तो भ्रष्ट प्रवृतीका बिरुद्ध सबै लाग्नुपर्ने भन्दै उपभोक्तासमितीको नाममा आफुलाई ठग्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
यस बिषयमा बुझ्दा भरतपुर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष लेखराज पन्त हरीले उपभोक्ता समितीको नाममा रकम लिई निर्माण कम्पनीलाई बुझाउनुपर्ने रकम नबुझाएको बिषयमा वडा कार्यालयमा निवेदन आएको र आफुले छानबिन गर्न खोज्दा राईनो चिल्डेन पार्क निर्माण उपभोक्ता समितीले असहयोग गरेकोले समाधान गर्न नसकेको बताए ।
उनले अगाडी थपे यो बिषय म ुनिर्वाचित भएर आउनुपुर्बको हो, यस्मा मैले जय श्री कंक्रिट उधोगलाई रकम दिनु भनि पटक पटक भन्दा पनि उपभोक्ता समितीले बेवास्ता गर्यो अब मैले के गर्ने भन्दै उल्टो प्रश्न तेर्साए ।
यता उपभोक्ता समितीका पदाधिकारीहरुसँग सम्पर्क गर्न खोज्दा उनीहरुसँग सम्पर्क हुन सकेन् ।
स्मरण रहोस केही बर्ष यता उपभोक्ता समितीको नाममा स्थानिय पालिकाहरुमा ब्यापक अनियमितता र भ्रष्टाचार भईरहेको आम गुनासो बढीरहेकोले महानगरले नै यो बिषयमा छानबिन र दोषीहरुलाई कार्बाही गर्नुपर्दछ । साथै अख्तियार लगाएतकका निकायहरुको ध्यान यता पनि जानुपर्ने आमबुझाई छ ।
आजको भण्डाफोर अभियान साप्ताहिकबाट साभार