भरतपुर खानेपानी ब्यबस्थापन बोर्डमा बेथिती नैं बेथिती : निर्देशक दाहाल भ्रष्टचारमा लिप्त !
चितवन/भरतपुर खानेपानी ब्यबस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल भ्रष्ट्रचारमा संलग्न रहेको पाईएको छ । निर्देशक दाहालले भरतपुर खानेपानी ब्यबस्थापन नियमावली बिपरित बिगत ७ बर्षभन्दा बढी समयदेखी निरन्तर तलब भत्ता लिएको पाईएको हो । दाहालले राज्यको नियम कानुन बिपरित गैंरकानुनी रुपमा तलबभत्ता बुझ्दैं आएको पाईएको हो ।
भरतपुर खानेपानी ब्यबस्थापन बोर्डले जारी गरेको नियामावलीको परिक्षेद ६ मा कार्यकारी निर्देशकको पारिश्रमिक तथा सुबिधा अन्र्तगत एक नम्बर बुँदामा कार्यकारी निर्देशकले समितीले तोकिदिए बमोजिम तलब भत्ता हुनेछ भनिएको छ ।
त्यस्तै बुँदा नम्बर दुईमा उपनियम एक बमोजिम समिती (खानेपानी ब्यबस्थापन बार्ड) ले कार्यकारी निर्देशकको पारिश्रमिक तोक्दा योग्यता र अनुभवको आधारलाई समेत बिचार गरी अधिकत्तम रु. चालिस हजार सम्म तोकिदिन सक्नेछ भनि नियमावलीमै स्पष्ट रुपमा सिमा निर्धारण गरिएको छ । तर कार्यकारी निर्देशक दाहालले बिगत ७ बर्ष भन्दा बढी समयदेखि सत्ताको दुरुपयोग गर्दै गैंरकानुनी रुपमा रु अठहत्तर हजार रुपयाँ लिई भ्रष्ट्रचार गरेका हुन् ।
त्यस्तै बोर्ड सदस्यहरुले प्रति पनि प्रति बैंठक रु एक हजार रुपयाँ सम्म हुने गरी बैठक भत्ता लिन पाउने नियमावलीमा स्पष्ट तोकिएको भएपनि नियमावली बिरित प्रति बैठक रु दुई हजार बढी दिई दाहालले बोर्डका सदस्यहरुलाई समेत आफ्नो गैंरकानुनी हर्कतको साक्षी बनाउन सफल भएका छन् ।
बेथिती नैं बेथिती
खानेपानी ब्यबस्थापन बोर्डमा कार्यकारी निर्देशक दाहालको कारण बेथिती नै बेथिती मौंलाएको छ । दाहालले आफु प्रतिकुलका कयौं बिषयहरुलाई समेत गुमराहमा राख्दै आएको पाईएको छ । उनले बोर्ड बैंठकमा पेश गर्न आएका चिठ्ठीपत्र एवं निवेदनहरुलाई समेत आफ्नो स्वार्थअनुकुल बोर्डसम्म पुग्नै नदिने चलखेल गरेको पाईएको छ ।
उनका यस्ता थुपै्र गुमराहका सुचनाहरु रहेको एक गोप्य श्रोतले भण्डाफोर अभियानलाई जानकारी दिएको छ । जसअनुसार एउटा घटना हो, गत् श्रावण २ गतेको एउटा पत्र १८ गतेको बोर्ड बैठकमा पेश गर्न भनेर दिईएको थियो तर निर्देशक दाहालले सत्ताको उन्मादमा त्यो पत्र बोर्डमा पेश नै नगरी रद्धिको टोकरीमा फ्याकिदिए ।
यो त् एउटा सामान्य प्रतिनिधी घटना हो, दाहालले आफ्नो कार्यअबधीमा यस्ता दर्जनौं सुचनाहरु लुकाउने, बोर्डलाई गुमराहमा पार्ने गरेको नाम नबताउने शर्तमा बोर्डकै पुर्ब सदस्यले जानकारी दिए ।
बोर्डका ति सदस्यका अनुसार भरतपुर खानेपानी ब्यबस्थापन बोर्डमा बोर्डका कार्यकारी निर्देशक दाहालले मनपरी गरेका छन् । उनको मनपरीतन्त्रले सिमा नाघेको भन्दै गएको हप्ता कर्मचारीहरुले संगठित भई सांकेतिक रुपमा कार्यालयमा आई बिरोध प्रर्दशनमा उत्रिएका थिए । उनीहरुले दाहालले आफ्नो स्वार्थको लागी कर्मचारीलाई शोषण गर्ने तर आफुले चाही नियम बिपरित गैंरकानुनी रुपमा तलबभत्ता खाने अनि यो महङ्गीमा कर्मचारीको चाही भत्ता काट्ने यो कहाँको न्याय हो ?
आन्दोलनकारी सँग केहीदिनभित्र कर्मचारीको समस्या समाधान गर्ने बताएर उम्कन सफल दाहाल माओवादीको नाममा खाओवादी भएको भन्दै दाहालले गरेका नियमावली बिपरितका कार्यहरु भ्रष्ट्राचार भएकोले निजलाई नियामक निकायहरुले छानबिन गरी निजबाट नियमबिपरित खाएका तलबभत्ता तथा सेवा सुबिधाको नाममा लिईएका रकमहरु असुलउपर गर्नुपर्ने समेत खानेपानीका एक सचेत उपभोक्ताले बताएका छन् ।
भरतपुर महानगर मातहतको एक स्वायत्त सस्थाँको रुपमा स्थापित भरतपुर खानेपानी ब्यबस्थापन बोर्डलाई निर्देशक दाहालले अनियमितता र भ्रष्टचारको अखडा बनाईरहेको भएपनि महानगर प्रमुख एवं बोर्ड अध्यक्ष रेणु दाहाल भने बेखबर रहेको बुझिएको छ ।
आम भरतपुरवासीलाई सर्बसुलभ रुपमा शुद्ध खानेपानी उपलब्ध गराउन उपभोक्ताहरुको हितको लागी स्थापना गरिएको उपभोक्ता केन्द्रित संस्थाको ७ सदस्यीय बोर्ड कार्यकारी निर्देशक सदस्यसचिव रहन्छन् भने अध्यक्ष महानगर प्रमुख हुनेछन् ।
अन्य सदस्यहरुमा उधोग बाणिज्य संघबाट एक जना प्रतिनीधी, उपभोक्ताबाट एक जना, संघिय खानेपानी ईकाईका प्रमुख र बिज्ञबाट अन्य २ जना गरी ७ जनाको बोर्ड गठन गर्ने गरिन्छ । अध्यक्ष महानगर प्रमुख भएपनि सबै काम कार्यकारी निर्देशकको जिम्बेवारीमा रहन्छ । बोर्डको अबधी ४ बर्षे कार्यकाल रहन्छ ।
भण्डाफोर अभियानले अर्का एक बोर्ड सदस्य संग बुझ्दा दाहालको साढे सात बर्षे यो कार्यकालमा सन्तोषजनक कार्य नभएको स्वंय बार्ड सदस्यहरुको आरोप छ । उनले तलब, भत्ता, सेवा सुबिधा, कमिशन मात्र पचाउने काम गरे एउटा देखिने काम गर्न सकेनन् । दाहालको कार्यकाल भरी नितीगत सुधार, नियामावली संसोधन,बोडृको श्रोत ब्यबस्थापन लगाएत केही पनि कार्यप्रगति गर्न नसकेकोले उनी असक्षम छन् भन्ने प्रमाणित हुन्छ ति बोर्ड सदस्यले भने ।
उनले भने संबिधान बन्नु अघिकै नियमावली अनुसार बोर्ड चलिरहेको छ, यत्रो समितीमा जम्मा ६ जना स्थायी कर्मचारी छन्, अन्य सबै करारमा छन् ।
कमसेकम संगठनात्मक रुपमा केही सुधार त् गर्न सकिन्थ्यो तर कार्यकारी निर्देशक दाहालले गर्ने ईच्छाशक्ति नै राख्नु भएन उनले भने । उपरोक्त बिबरणहरुलाई मात्रै हेर्ने हो भने दाहालले ऐन नियमबिपरित दाहाल भ्रष्ट्रचारमा लिप्त भई भ्रष्टचारमा संलग्न रहेको स्पष्ट हुन आँउछ । यसर्थ भरतपु खानेपानी बोर्डमा अख्तियार लगाएतका राज्यका नियामक निकायहरुले तत्काल छानबिन गरी दाहाल लगाएत भ्रष्ट्रचारमा सम्लग्नहरुलाई यथाशक्य कार्बाहीको दायरामा ल्याउनुपर्दछ । आजको भण्डाफोर अभियान साप्ताहिकबाट साभार