खैरहनीमा प्रतियोगितात्मक ग्रेट तीज महोत्सव हुने
खैरहनी/पूर्वी चितवनको खैरहनीका प्रतियोगितात्मक ग्रेट तीज महोत्सव हुने भएको छ । हरितालिका तीजको अबसरमा ग्रेट टिभी प्रा।लि। ले यही भदौं २१ गते तीजको दिन पर्सा बजारको चौविसकोटी चोकमा कार्यक्रम आयोजना गरेको हो । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । चितवन जिल्लाका दिदीबहिनीहरुले समूह बनाएर सहभागी हुने छन् ।
२३ वटा समुहको सहभागिता रहने सो प्रतियोगितामा अडिसन राउण्डबाट उत्कृष्ट छनौट गरिने ग्रेट टिभीका अध्यक्ष रामेश्वर रिजालले बताए । प्रतियोगितको प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद पुरस्कार सहित सहभागिहरुलाई मौलाकाली केबलकारमा धार्मिक यात्रा गराइने रिजालले बताए । तीजको धार्मिक महत्व जोगाउदै मौलिकता प्रबर्द्धनको लागि प्रतियोगितात्मक ग्रेट तीज महोत्सव आयोजना गरिएको उनले जानकारी दिए ।
राष्ट्रिय स्तरका कलाकारहरु रमित ढुंगाना, शोभित बस्नेत, अर्जुन सापकोटा, दुर्गा सापकोटा, भवन गायक यमलाल भण्डारी, रिचा पासवान, सन्देश शाह, वीरेन्द्र सिं कुसुवा, प्राप्ती पौडेल, पूर्णिमा थापा, मिरन पोखरेल, लिजा कुरनी, विशाल देवकोटा, कमल देवकोटा, चन्द्रावती वाग्ले, मुना अर्याल, नारायण न्यौपाने, जादुगर बलराम सरकारको प्रस्तुती रहने प्रबन्ध निर्देशक अस्मिता रिजालले जानकारी दिइन ।
महोत्सव मार्फत अस्मिरा पत्रकार भलाई अक्षय कोष स्थापना, एक जना पत्रकार सहित पाँच विधामा पाँच जनालाई सम्मान गरिने उनले जानकारी दिइन । सन्टर कलेज मुख्य प्रयोजक रहेको सो प्रतियोगिताको संरक्षकमा खैरहनी नगरपालिका र प्रवर्द्धकमा रत्ननगर, कालिका र राप्ती नगरपालिका रहेका छन् ।