चितवनमा आयो ईलेक्ट्रीक बुलिङ्ग कार !
नेपालका लागि वुलिङको आधिकारिक आयातकर्ता एवं वितरक पारामाउन्ट्स प्रालिले वुलिङ बिंगुओ ईभी भित्र्याएको छ। एक विशेष कार्यक्रमकाबीच नयाँ गाडी आइतबार सार्वजनिक गरिएको हो ।
नेपालमा अत्याधुनिक एवं पर्यावरणमैत्री विद्युतीय सवारी क्षेत्रमा यस कारले नयाँ आयाम थप्ने पारामाउन्टस कम्पनीले जनाएको छ। यसमा ३१.९ किलोवाटको लिथियम-आयन फस्फेट ब्याट्री जडान गरिएको छ,जसले एक पटक चार्ज गरेपछि ३३३ किलोमिटरसम्म सहज एवं आरामदायी यात्रा गराउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, ७९० लिटर क्षमताको बुट स्पेस भएको वुलिङ ईभी छोटो तथा लामो दूरीको यात्राको लागि उत्कृष्ट ढंगले डिजाइन गरिएको छ।
यो गाडीको शुरुआती मूल्य ३१ लाख ९९ हजार रहेको छ। यो गाडी मिल्क टी, ग्यालेक्सी ब्लू र मूस ग्रीन गरि तीन रंगमा उपलब्ध छ। नेपाल आएको यो Binguo हेर्ने र test drive गर्ने मानिसको लर्को लागेको छ ।
नेपाल आएको Binguo चितवनबाट पनि यसै हप्तादेखि विक्री सुरु भैरहेको Wuling Binguo का चितवनको लागि आधिकारीक वितरक रेयन मोटर्स रहेको निर्देशक बिमल पौडेलले जानाकारी दिए ।
रेयन मोटर्स ले Force motors का कमर्सियल गाडि चितवनमा विक्री वितरण गर्दै आएको छ भने अब बजारमा Personal कार अत्याधिक माग भएपछि Wuling Binguo गाडि चितवन ल्याईयको निर्देशक पौडेलले बताएका छन्। Binguo इन्डोनेसिया, चाईना, लगायत अन्य देशमा सफल भईसकेकाले नेपालका Binguo सोरुमहरुमा बुझ्न आउनेको भिड नै लागेको छ र माग धेरै भएर सप्लाईमा कहि कतैबाट समस्या हुँन नदिने पारामाउन्ट मोटर्सका बिपुल भट्टराईको दाबी छ ।
BINGUO नेपाली बजारको लागि निकै सुहाउदो गाडी समेत मानीएको उनले दाबी गरे । WULING BINGUO सेग्मेन्टमा निकै सफल यो मोडल आउने समाचारहरु आएसँगै यो गाडी खोज्नेहरुको बीचमा यसको राम्रै चर्चा रहेको छ ।
BINGUO चर्चा बढ्नुमा यसमा रहेको रेन्ज,बेट्रि,मोटर गाडीको आक्रसक लुक्स पनि मुख्य कारण हो । BINGUO ले यसमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स दिएको छ । BINGUO नया प्रविधिमा आधारित को सुरुवाती मूल्य ३२९९००० रहेकोमा अहिले दशै अफरको रुपमा २९९९०००/- मा पाईने भएको छ। BINGUO तिन कलर अप्सनमा उपलब्ध हुनेछ । चालक र यात्रु सहजताको लागि Binguo यी बाहेक धेरै विशेषताहरू रहेको बताउछ्न निर्देशक पौडेल।
सुरक्षाको हिसाबले हेर्दा कम्पनीले यो Bignuo मा डुअल एयर ब्याग, इबीडीसहितको एबीएस, रियर पार्किङ सेन्सर, रियर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ ।