मलाई धेरै कष्ट दिने सोच नगर: पूर्वसभामुख महरा पुत्र निर्मल
नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा निर्मल महरा क्षेत्रीले आफुलाई धेरै दुःख र कष्ट दिने सोच नदिन भनेका छन् । उनले पार्टी पनि छोडेका छन् । पार्टीभित्र सबैको असली रुप देखेको बताउँदै उनले पार्टी परित्याग गरेका हुन् ।
सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै उनले पार्टीभित्र आफ्नैलाई सिध्याउने खेल चलिरहेको बताएका छन् । आफू गुरुदेवको शरणमा पुगेको उल्लेख गर्दै उनले अब उप्रान्त आफूलाई धेरै कष्ट नदिन पनि आग्रह गरेका छन् ।
जन्मपछि आमा र बाबा मात्र चिनेँ,१४ देखि २५ वर्षसम्म क्रान्ति, युद्द हतियार र प्रचण्ड चिनेँ, त्यसपछि अलिकति यौवन प्रेम, माओवादी र परिवारको झल्को चिनेँ,अनि समाजमा प्रवेश गरेको मैले शान्ति,नागरिक समाज, जिम्मेवारी,दुश्मन र मित्र (दुवै) सबै पाएँ,मुख्य कुरा आफ्नै पार्टीभित्र आफ्नैलाई सिध्याउने मज्जाको खेल चिनेँ,खासमा एकले अर्कोलाई प्रयोग गर्ने गज्जबको तिम्रो दिमाग चिनेँ !!!
गुरुदेवसँगको तस्बिर सेयर गर्दै उनले लेखेका छन्,‘जन्मपछि आमा र बाबा मात्र चिनेँ,१४ देखि २५ वर्षसम्म क्रान्ति, युद्द हतियार र प्रचण्ड चिनेँ, त्यसपछि अलिकति यौवन प्रेम, माओवादी र परिवारको झल्को चिनेँ,अनि समाजमा प्रवेश गरेको मैले शान्ति,नागरिक समाज, जिम्मेवारी,दुश्मन र मित्र (दुवै) सबै पाएँ,मुख्य कुरा आफ्नै पार्टीभित्र आफ्नैलाई सिध्याउने मज्जाको खेल चिनेँ,खासमा एकले अर्कोलाई प्रयोग गर्ने गज्जबको तिम्रो दिमाग चिनेँ !!! अब म जय गुरुदेवको पछाडि,मलाई धेरै कष्ट दिने सोच नगर ११ जय गुरुदेव ! नमो नारायण !!’
को हुन् महराका गुरु ?
निर्मलले गुरु मानेका व्यक्तिको नाम हो योगी प्रियव्रत अनिमेष । भारतको हरियाणाका उनले हाल ब्रह्मलीन भइसकेका देवनारायण पुरीलाई गुरु माने
र पढेका थिए । योगी प्रियव्रत अनिमेषले सुन्दर जीवनका लागि आध्यात्मिकतालाई मानव अस्तित्वको सचेत र स्वीकृत आधार बनाउनुपर्ने वकालत गर्दै आएका छन् ।
खास नाम महेन्द्र के हर्षित रहेका उनले सानै उमेरमा घर छाडेर देश यात्रा थालेका थिए। उनले सद्भाव र शान्ति पाउन भारतका कयौँ आश्रम र पूजास्थलको यात्रा गरेको बताएका छन् ।
त्यही क्रममा उनी सन् २०१५ मा हिमाचल प्रदेशको सोलनस्थित देवनारायण पुरीको सम्पर्कमा पुगेका थिए । जहाँ उनले शैव धर्म र सिद्धिको परम्पराबारे शिक्षा लिए । उनै देवनारायण पुरीले महेन्द्रको आध्यात्मिक नाम ‘प्रियव्रत’ राखिदिए । त्यहीँ रहँदा रहँदै उनले गुरुको दर्शन र साधनाबारे ज्ञान लिएपछि आफ्नो नाममा ‘अनिमेष’ (जागरूक र स्थिर) पनि थपेर प्रियव्रत अनिमेष राखेका हुन् ।