जलदेवी टोलद्वारा ट्राफिक जनचेतना तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न
चितवन/
भरतपुर महानगरपालिका -७ स्थित जलदेवी क्यान्सर चोक टोल बिकास संस्थाद्वारा आयोजित ट्राफिक जनचेतना तथा हरितालिका (तीज) को पावन अबसरमा दिदीबहिनीहरुलाई शुभकामना आदानप्रदान कार्यक्रम भब्य , सभ्य रुपमा सम्पन भएको छ । आजैका मितिदेखि लागू हुने गरि क्यान्सर गेटबाट चल्ने अटो र म्याजिकमा टोल बिकास संस्थाले आफ्नो स्टिकर टास्न लागू गरियो भने पार्किङ र नो पार्किङका बोडहरु राखी साना सवारी साधनलाई ब्यवस्थित ब्यवस्थापन गरियो ।

