नेकपा (एमाले) भरतपुर ४ को अध्यक्षमा महेन्द्र पौडेल

वार्षिक कार्ययोजना बनाउने पहिलो वडा

चितवन/नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका ४ को अध्यक्षतामा महेन्द्र पौडेल चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनले सर्वसम्मतबाट पौडेलको नेतृत्वमा ३१ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा उमाकान्त कँडेल, सचिवमा टिकाराम सापकोटा, उपसचिवहरुमा विश्व देवकोट र नेत्रकुमारी रावल चयन भएका छन् ।

अधिवेशनले वार्षिक कार्ययोजना २०८१ समेत प्रकाशित गरेको छ । चितवनका ९८ वडा मध्ये भरतपुर ४ वार्षिक कार्ययोजना बनाउने पहिलो वडा बनेको छ ।वडाले तयार पारेको वार्षिक कार्ययोजना जिल्ला इन्चार्ज र पार्टी जिल्ला उपाध्यक्षलाई हस्तान्तरण गरिएको छ । उक्त कार्ययोजना अधिवेशनले पारित गर्दै पार्टीको पहिलो बैठकपछि कार्यान्वय गर्ने निर्णय गरिएको छ ।

अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य देवि ज्ञवाली, विभिन्न तहका नेताहरु राम प्रसाद न्यौपाने, बाबुराम खराल, श्यामकुमार विष्ट, मिन बहादुर परियार, शंकर थपलिया र वडा इन्चार्ज प्रकाश आचार्यले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमा विभिन्न नेता कार्यकता, जनवर्गीय संगठनका नेताहरु लगायतको उपस्थिति रहेको थियो ।