सशस्त्र प्रहरीको अगुवाईमा वृहत डेंगी नियन्त्रण अभियान शुभारम्भ

पोखरा, कास्की/कास्की जिल्ला विशेष गरि पोखरा महानगरपालिकाको वडा नं।ड र ५ मा डेंगीले महामारीको रुप लिने अवस्था आएपछी मालेपाटन स्थित सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण हेडक्वाटर्स् कास्कीको अगुवाईमा स्वास्थ्य कार्यालय कास्की, नेपाल रेडक्रस सोसाईटी कास्की शाखा, वडा नं। ५ र ८ का वडा अध्यक्षहरु, विभिन्न मानव अधिकार एवं नागरिक अभियान्ताहरु लगायत स्थानिय समुदायहरुको सहभागीतामा बिहान ७ बजे देखी १० बजे सम्म दुवै वडाहरुका संवेदनशिल स्थानहरुमा डेंगी खोज्ने र नष्ट गर्ने कार्य गरिएको कालिका गणका गणपति (एसपी) अरुण कुमार शर्माले जानकारी दिनु भयो।


पोखरा महागरपालिका भित्र कोर एरियाका रुपमा रहेका वडा नं। ८ र ५ मा वर्कशप, ग्यारेज, कवाडी डिपो र जनसंख्या समेत धेरै भएको कारणले अन्य वडाहरुको तुलनामा डेंगी वढी फैलिएको जिकिर दुवै वडाका वडा अध्यक्षहरुको रहेको छ। कास्की जिल्लाको वडाहरु मध्ये सवै भन्दा संक्रमित पोखरा महानगरको वडा नं। ८ र ५ रहेको, कालिका गण समेत सोही ईलाकामा रहेकोले तथा सरोकारवाला पक्षहरुले अगुवाई लिन अनुरोध गरेकाले कालिका गण वृहतरुपमा परिचालन भएको जानकारी गणपति ९एसपी० अरुण कुमार शर्माले जानकारी दिनु भयो। डेंगी खोज्ने तथा नष्ट गर्ने विहानको अभियानमा वडा नं। ८ मा ५० जना र वडा नं। ५ मा ७० जना गरि कुल १२० जना सशस्त्र प्रहरी परिचालित भएका र करिब सोही संख्यामा स्थानिय समुदायबाट तथा अन्य सरोकारवाला निकायहरुबाट सहभागीता भएको समेत गणपति ९एसपी० शर्माले जानकारी दिनु भयो।