धमाधम गतिविधि बढाउँदै चितवन एमाले वडा अधिवेशनमा केन्द्रित बन्दैं ।

चितवन/नेकपा (एमाले) भरतपुर महानगरका वडा अधिवेशन धमाधम भइरहेका छन् । गत साउन १४ मा सम्पन्न नेकपा (एमाले) भरतपुर महानगर कमिटीको विस्तारित बैठकले भदौ १५ गतेभित्र बाँकी वडामा अधिवेशन सक्ने निर्णय गरेको थियो ।

साउन १४ अघि महानगरका २९ वटा वडामध्ये १५ वटा वडाको अधिवेशन हुन बाँकी थियो । अधिवेशन हुन बाँकी वडाहरुमा वडा नम्बर १, २, ३, ४, ६, ७, ११, १३, १५, १६, १७, २१, २४, २८ र २९ रहेका थिए । जसमध्ये ८ वटा वडाको अधिवेशन पछिल्लो १८ दिनमा सम्पन्न भएका छन् । जसमा हिजो शनिबार एकैदिन ४ वटा वडाको अधिवेशन सम्पन्न भएको हो ।

अब वडा नम्बर १७, १३, १५, ११, २१, १ र ४ को अधिवेशन हुन बाँकी रहेको नेकपा एमाले चितवनका उपसचिव एवम् कार्यालय सचिव मिन बहादुर परियारले जानकारी दिए । परियारका अनुसार यी वडाहरुमा आगामी भदौ १५ गतेभित्र वडा अधिवेशन सकिसक्ने गरी मिति तय भएको छ भने वडा नम्बर १७ ले अझै मिति तय गर्न सकेको छैन ।

चितवनमा धमाधम गतिविधि बढाउँदै एमाले

नेकपा एमालेले चितवनमा पछिल्लो समय आफ्ना गतिविधिहरु बढाउँदै लगेको छ । गत वर्ष फागुन र चैतमा डेढ महिनासम्म ‘जनतासँग एमाले अभियान २०८०’ सञ्चालन गरेको थियो । त्यसलगत्तै पार्टीले जिल्ला अधिवेशन सम्पन्न गर्यो ।

पूर्वि चितवनको राप्ती नगर कमिटीले गत साउनमा ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न गर्यो । जसअन्तर्गत एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु टोलटोलमा पुगेर जनतासँग अन्तरक्रिया गरे ।
त्यसैगरी अहिले चितवन जिल्लाभरि बाँकी रहेका वडाहरुको अधिवेशन पनि चलिरहेको छ । महानगरपालिका भित्रका वडामा भने तीव्र गतिमा धमाधम वडा अधिवेशन भइरहेका हुन् ।
चितवनका सबै वडाहरुमा अधिवेशन सर्वसम्मतरुपमा सम्पन्न भइरहेका छन् । नेकपा एमाले चितवनले सर्वसम्मतबाट अधिवेशन गरेर पार्टी एकढिक्का रहेको सन्देश प्रवाह गरिरहेको जिल्ला कमिटी चितवनका उपाध्यक्ष श्याम कुमार विष्ट बताउँछन् ।