चितवन,नवलपुरमा गएरातीदेखि भारी वर्षा,नदीछेउछाउका बस्तीहरुमा उच्च सर्तकता अपनाउन अनुरोध

चितवन/चितवन,नवलपुर लगायतका क्षेत्रमा बिहानैदेखि भारी वर्षा भइरहेको छ । रातिदेखि नै यस क्षेत्रमा वर्षा भइरहेको छ । चितवन लगायत आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले चितवन नवलपुर र यसका सहायक नदीहरूमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले नारायणी र यसका सहायक नदीहरूमा बहाव बढ्ने विभागले जनाएको छ ।