चितवनका चिकित्सक दम्पतीद्धारा ‘डा.अजय एण्ड सरु फाउण्डेशन’को स्थापना

चितवन/चितवनका चिकित्सक दम्पती डाक्टर अजय न्यौपाने र डाक्टर सरु थापाले सामाजिक कामका लागि फाउण्डेशन स्थापना गरेका छन्। शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी चिकित्सक दम्पतीले फाउण्डेशनको औपचारिक घोषणा गरेका हुन् । उनीहरुले फाउण्डेशनको नाम डा।अजय एण्ड सरु फाउण्डेशन राखेका छन् । सामाजिक सेवाको उद्देश्यसहित फाउण्डेशनको खोलिएको फाउण्डेसनका अध्यक्ष डाक्टर अजय न्यौपानेले बताए ।

फाउण्डेशनले स्वास्थ्य, शिक्षा, वातावरण, खेलकुद, कला, संस्कृति लगायतका क्षेत्रमा सामाजिक कार्य गर्ने डा। न्यौपानेले जानकारी दिए । ‘पहिलो काम स्वास्थ्य क्षेत्र नै हुनेछ । त्यसमा पनि दुष्टि गुमेको विपन्न तथा असाय व्यक्तिलाई प्राथमिकतामा राखेका छौँ’, उनले भने ‘गाउँपालिकाको समन्वयमा स्वास्थ्य शिविरको समेत आयोजना गर्नेछौं ।’ फाउण्डेशनबाट विपतका समयमा आकस्मिक स्वास्थ्य सहयोग, राहत उद्वार र पुर्नस्थापनाको काम समेत गर्ने उनले बताए ।

चितवन सहित आसपासका गाउँपालिकालाई आफ्नो कार्यक्षेत्र बनाउने लक्ष्य राखेको फाउण्डेशनले प्रत्येक बर्ष २० जना विपन्न विद्यार्थी र पाँच जना शिक्षकलाई दश हजार रुपैयाँका दरले पुरस्कार प्रदान गर्ने लक्ष्य फाउण्डेशनको छ । राष्ट्रिय वातावरण दिवस, बाल दिवस, मुख दिवसमा विभिन्न कार्यक्रम गर्ने डा।न्यौपानेले बताए ।

फाउण्डेशन सञ्चालन गर्न एक करोडको अक्षकोष बनाउने लक्ष्य रहेको उनले बताए । प्रत्येक वर्ष दश लाख रुपैयाँ बराबरको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने लक्ष्य फाउण्डेशनको छ ।
‘पहिलो वर्ष दश लाख रुपैयाँ अक्षय कोषको नाममा फिक्स डिपोजिट गरेका छौँ । दश लाख रुपैयाँ चालु खर्चमा छुट्टाइएको छ’, उनले भने ‘आगामी दश बर्षमा एक करोडको अक्षय कोष निर्माण गछौँ ।’

फाउण्डेशन सञ्चालन गर्न अन्य संघसंस्थाबाट आर्थिक सहयोग संकलन नगर्ने उनले बताए । तर, समन्वय भने स्थानिय निकाय सहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थासंग समन्वय गरेर काम गर्ने लक्ष्य राखिएको छ । उनीहरुले यसअघि पनि सामाजिक क्षेत्रमा थुप्रै काम गरिसकेका छन् । २०६४ सालमा चितवनमा आएर चिकित्सक पेशा अंगालेका डा। दम्पतीले हालसम्म शिवर मार्फत ३५ हजार भन्दा बढी बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेका छन् ।