आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ/नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य स्थिर छ भने अरु धेरै विदेशी मुद्राको मूल्य घटबढ् भएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा थियो। आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ १२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८९ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८९ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा थियो।