पेट्रोलियम पदार्थको मूल्य फेरी घट्यो, अब कति पर्छ ?

काठमाडौं/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर ५ तथा डिजेल तथा मट्टितेलको ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ । घटेको मूल्य शुक्रबार बिहानैदेखि लागू हुनेछ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको विज्ञप्तिमार्फत जनाएको छ