चितवनमा घरमाथि ट्रष्टको काम गर्ने क्रममा लडेर एक जनाको मृत्यु !

भरतपुर/चितवनमा घरमाथि ट्रष्टको काम गर्नेक्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका ११ स्थित प्रकाश मगरको घरमा दुईतला माथि ट्रष्टको काम गर्ने क्रममा लडेर पाल्पा जिल्ला निस्दी गाउँपालिका ५ घर भई हाल भरतपुर ५ दुर्गाचोक बस्ने २० बर्षिय होम बहादुर सारुको मृत्यु भएको हो ।

ट्रष्टको काम गर्दा लडेर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतक सारुको शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ