सेन्ट्रल कलेजले विभिन्न कार्यक्रम गरी मनायो १६ औं वार्षिकोत्सव !

चितवन/सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले आफ्नो १६ औँ वार्षिकोत्सवका अबसरमा विभिन्न कार्यक्रम गरेको छ । कलेजले आज (शुक्रबार) वार्षिकोत्सवका अबसरमा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सहित चितवन, नवलपुर लगायतका जिल्लाका खेलाडीहरुलाई खेलकुद सामाग्री समेत बितरण, सांस्कृतिक कार्यक्रम, सेन्ट्रल टावरको उद्घाटन गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्रल मोडल कलेजले बिएचएम र बिआइएम पढाउँदै आइरहेको छ । भरतपुर ओरालोस्थित सेन्ट्रल टावरमा शुक्रवार बिहान ७ बजेदेखि भएको रक्तदान कार्यक्रममा झन्डै १०० जनाले रक्तदान गरेको कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी)ले जानकारी दिए

रक्तदान कार्यक्रम, सेन्ट्रल टावर र सेन्ट्रल मोडल कलेजको पौडेल आफैले उद्घाटन गरेका हुन् । सेन्ट्रल कलेजले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको छ । नेपालमै पनि उच्च शिक्षा पढाउने गरी सेन्ट्रल ग्रुपले सेन्ट्रल मोडल कलेज स्थापना गरेको हो । बिएचएम र बिआईएम पढेपछि नेपालमै जागिर पाइने र आफ्नै व्यवसाय सुरु गर्न पनि सकिने उनले बताए । बिएचएममा ६६ सिट र बिआईएममा ६६ सिटमा विद्यार्थी भर्ना गर्नको लागि सेन्ट्रल मोडल कलेजले स्वीकृति पाएको छ । सेन्ट्रल ग्रुपले स्नातकोत्तरसम्म पढाउनेगरी विद्यालय कलेज नै स्थापना गर्ने योजना समेत बनाएको पौडेलले उद्घोष गरे ।

वार्षिकोत्सवको अवसरमा क्रिकेट, फुटवल र भलिबल खेलसँग सम्बन्धित विभिन्न क्लबहरुलाई खेल सामाग्री वितरण गरिनुका साथै सांस्कृतिक कार्यक्रम, सेन्ट्रल कलेज सम्बन्धि म्युजिक भिडियो प्रिमियर शो र सामाजिक संघसंस्थालाई सम्मान समेत गरिएको थियो ।

सांस्कृतिक कार्यक्रममा चर्चित कलाकार पशुपति शर्मा, नेपाल आइडल सिजन ५ का विजेता करन परियार र कमेडि च्याम्पियन सुनिल खड्का र स्थानीय कलाकार सञ्जय देवकोटा लगायतको प्रस्तुती रहेको थियो ।