सेन्ट्रल कलेजले शुक्रबार भव्य कार्यक्रम गरेर १६ औं बार्षिकोत्सब मनाउने

भरतपुर/चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले भोलि (शुक्रबार) भव्य कार्यक्रमका बिच आफ्नो १६ औं बार्षिकोत्सब मनाउने भएको छ । कलेजले बार्षिकोत्सवको अवसर पारेर भरतपुर ओरालोमा आफ्नो नवनिर्मित भवन सेन्ट्रल टावर र सेन्ट्रल मोडेल कलजेको उद्घाटन समेत गर्नेछ । बार्षिकोत्सबका कार्यक्रम बिहानै ७ बजेदेखि नै सुरु हुने सेन्ट्रल कलजेका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिनुभयो ।

बृहत रक्तदान, सांस्कृतिक कार्यक्रम, खेलकुद सामाग्री वितरण र बार्षिक साधारण सभा शुक्रबार नै हुनेछ । कार्यक्रममा सेन्ट्रल कलेज सम्बन्धि म्युजिक भिडिओ प्रिमियर सो गरिनेछ भने बिभिन्न सामाजिक संघ संस्थालाई सम्मान गरिने प्रिन्सिपल पौडेलले बताउनुभयो । बार्षिकोत्सको कार्यक्रममा चर्चित कलाकार पशुपति शर्मा, करन परियार र कमेडी च्याम्पियन सुनिल खड्काको बिशेष प्रस्तुती रहनेछ । कलेजले बार्षिकोत्सब कार्यक्रममा सहभागि हुन सबै बिद्यार्थी र चितवन, नवलपुर र तनहुँका बासिन्दालाई आब्हान गरेको छ ।

सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा, दक्षिण कोरिया लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । बिद्यार्थीका लागि निःशुल्क बस सेवा समेत प्रदान गरिरहेको कलेजले होस्टलको समेत व्यवस्था गरेको छ । सेन्ट्रल कलेजमा भाषा कक्षा लिन चाहाने विद्यार्थीका लागि जापनिज, कोरियन, आइएलटिएस, पिटिइका कक्षाहरु पनि धमाधम सञ्चालन भइरहेका छन ।

विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ । सेन्ट्रल कलेज गु्रपले स्टडी इन नेपाल भन्दै सेन्ट्रल मोडेल कलेज मार्फत बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउन थालेको छ । त्यसका लागि धमाधम भर्ना भइरहेको कलेजका कार्यक्रम संयोजक वाइबी पौडेलले जानकारी दिनुभयो ।