मासुको हड्डी घाँटीमा अड्केर एक जनाको मृत्यु

चितवन/राँगाको मासु खाँदा घाँटीमा हड्डी अड्केर तनहुँका एक पुरुषको मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिका-१ गंगानगर स्थित छोरीको घरमा रागाँको मासु सहित खाना खाने क्रममा गम्भिर घाईते भएका तनहुँको भिरकोट नगरपालिका(३ पिपलबारीका ५९ बर्षिय छाम बहादुर रानामगरको उपचारको क्रममा बुधबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

बुधबार बिहान ८ः३० बजेको खाना खाने क्रममा अचानक मासुको हड्डी अड्केर उनी बेहोस भएका थिए । उपचारका लागि भरतपुर अस्पताल ल्याउँदा चिकित्सकले उनलाई बिहान ९ः४८ बजे मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए ।