स्किल सेवा अब इटहरीमा, नयाँ घर बनाउदा किचेन फ्री

इटहरी/सुप्रसीद्ध घर निर्माण ब्राण्ड कम्पनी स्किल सेवाले आफ्नो नयाँ शाखा औपचारिक रुपमा इटहरीमा बिस्तार गरेको छ। पूर्वका शहरहरु इटहरी, धरान इनरुवा, बिराटनगर, दमक, बिर्तामोड लगायतका शहरहरु लाइ लक्षित गरि सेवा बिस्तार गर्न लागेको इटहरी शाखा प्रमुख ई बिजय कार्कीले जानकारी दिनुभयो।

बिगत सात बर्सदेखि काठमान्डू, पोखरा चितवन बुटवलमा संचलान भैसकेको स्किल सेवा प्रा लि नयाँ घर निर्माण, घर मर्मत सम्भारको क्षेत्रमा काम गर्दै आएको विस्वसनीय कम्पनी हो ।
आफनो छुट्टै निर्माण कौशल, गुणस्तरिय सेवा र व्यवस्थापनका कारण स्किल सेवाले छोटो समयमै आफना सेवाग्राहीहरुको मन जित्न सफल भएको छ । करिब ३० हजार भन्दा बढी घरहरुमा सेवा पुराइसकेको उक्त कम्पनि को दाबि छ।

दक्ष, योग्य, विषेशज्ञ प्राविधिक जनशक्तिले उच्च प्रविधीको प्रयोगबाट घरको चेकजाँच गरी समस्या पत्ता लगाउने, समस्याको कारण पत्ता लगाउने र समस्याको समाधान गर्ने कार्यमा स्किल सेवा प्रा लि हमेशा अग्रपङ्गितिमा रहेको छ । कम्पनीबाट हाल ४५० भन्दा बढी व्यक्तिले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सेवा पाइरहेका छन भने हजारौ सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गरी सकेका छन ।

तालिम प्राप्त जनशक्ति, पूर्व निर्धारित बजेट, समस्या समाधान मुलक सेवा, उच्च प्रविधीद्धारा परिक्षण र समाधान, इन्जिनीयरिङ्ग सुपरिवेक्षणको, निर्धारित समयमा कार्य सम्पन्न र निर्माण स्थलको फोहोर व्यवस्थापन तथा बिशेष वारेन्टी सेवा आदि जस्ता सुविधाको लागि स्किल सेवालाई रोज्नु पर्ने प्रबन्धक कार्कीको भनाई रहेको छ ।

नयाँ शाखा उद्घाटनको उपलक्ष्यमा नयाँ घर बनाउन चाहाने सुरुको दश ग्राहाकलाइ निशुल्क मोडूलर किचेन प्रदान गरिने घोषणा पनि उद्घाटन सत्रमा गरिएको थियो।