सेन्ट्रल मोडेल कलेजले बिएचएम, बिआइएम अध्ययन गर्ने विद्यार्थीलाई विशेष छुट दिने।

चितवन/चितवनको सेन्ट्रल मोडेल कलेजले बिएचएम, बिआइएम अध्ययन गर्ने विद्यार्थीलाई बिशेष छुट दिने भएको छ । चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल गु्रपद्धार सञ्चालित कलेजले भर्नामा सय प्रतिशतसम्म स्कलरसिपको घोषणा गर्दै धमाधम भर्ना आब्हान गरेको जनाएको छ ।

स्टडी इन नेपाल भन्दै कलेजले यसबर्षदेखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याएको हो । कलेजले पढ्दै कमाउँदै गर्ने वातावरण तयार गर्दै अध्ययन पश्चात रोजगारी समेत दिलाउने कलेजका कार्यक्रम संयोजक यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिनुभयो । अत्याधुनिक ल्याब, स्मार्ट बोर्ड र एसीसहितका कक्षा कोठामा अध्यापन गराइने उहाँले बताउनुभयो । कलेजले विद्यार्थीका लागि निःशुल्क बसको समेत ब्यवस्था गरेको छ ।

भरतपुर ओरालोस्थित सेन्ट्रल टावरमा विद्यार्थीलाई अध्यापन गराइनेछ । त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त निर्वाणा कलेज (सेन्ट्रल मोडेल कलेज)को (विएचएम, बिआइएम) कार्यक्रम र दियालो कलजको (बिबिएस) कार्यक्रम यसबर्षदेखि भरतपुर ओरालोस्थित सेन्ट्रल कलेजको मुख्य कार्यालय सेन्ट्रल टावरमा सञ्चालन गर्नेगरी सम्झौता भएको हो ।

‘बिश्वकै मान्यता प्राप्त त्रिभुवन विश्वविद्यालयको चारबर्षे शैक्षिक कार्यक्रम (बिएचएम, बिआइएम र बिबिएस) हामीले सञ्चालन गरेका छौं, पौडेलले भन्नुभयो, नेपालमै बिदेशी स्तरको अध्यापनका लागि सेन्ट्रल कलजले अत्याधुनिक आफ्नै भवनमा अध्यापन गराउनेछ ।’ उहाँले नयाँ शैक्षिक सत्रका लागि धमाधम भर्ना खुलेको जानकारी दिनुभयो । ‘हामी फरक ढंगबाट अध्यापन गराउँछौं,उहाँले भन्नुभयो,पार्टटाइम जब र अन्तिम बर्ष बिदेशमा इन्ट्रनसिपमा जानका लागि सपोर्ट गर्छाै ।’ कलेजले स्टडी इन नेपाल अभियानलाई बिश्वभर लैजाने जनाएको छ ।