नाग्दी खोलामा पहिरो हटाउने क्रममा माथिबाट खसेको ढुंगाले लाग्दा लोडर चालक घाइते।

चितवन/चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुंगासहित खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुंगा खस्दा लोडरका चालक घाइते भएका छन् ।

पृथ्वी राजमार्गमा आज बिहान करिब ७ः४० बजे गएको पहिरो हटाउने क्रममा ९ः२०को समयमा माथिबाट आएको ढुंगाले लागेर लोडर चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घाइते हुनेमा सगुन कन्ट्रक्सनका लोडर चालक गल्छि गाउँपालिका ६ बस्ने ४६ बर्षिय लिलाधर अधिकारी रहेका छन् ।

उनको देब्रे हातमा चोट लागेको छ । घाइते अधिकारीको उपचारका लागि भरतपुर तर्फ ल्याईएको छ। अहिले एक वटा स्काभेटर र १ वटा लोडरले पहिरो पन्छाउने काम गरिहेका छन् ।