बंगलादेशका पूर्वविदेशमन्त्री विमानस्थलबाटै पक्राउ!

एजेन्सी/बंगलादेशका पूर्वविदेशमन्त्री तथा अवामी लिगका सहमहासचिव हसन महमूदलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । हसन महमूद देश छोड्न खोजिरहेका थिए।

महमूदलाई मंगलबार दिउँसो अध्यागमन प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । यसअघि पूर्वसूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पनि विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

बंगलादेशमा विद्यार्थी आन्दोलन र हिंसात्मक प्रदर्शनपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार देश छोडेकी थिइन् ।