नारायणी नदी किनारमा ‘मर्निङवाक’ गरेका व्यक्तिमाथि बाघको आक्रमण !

चितवन/भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘मर्निङवाक’ गरेको एक व्यक्तिलाई बाघले आक्रमण गरेको छ ।

आज बिहान करिब ५ः२० बजेको समयमा पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ । बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालयबाट कर्मचारीहरु खटिएका छन् ।