चितवनमा मानसिक बिरामी महिलामाथि सामूहिक बलात्कार, तीन विद्यार्थी पक्राउ

माढी/चितवनमा एक मानसिक बिरामी महिलामाथि सामूहिक बलात्कार भएको छ। असार १५ गते शनिबार चितवनको माढी नगरपालिका(६ मा ३७ वर्षीया महिलामाथि तीन जना विद्यार्थीले सामूहिक बलात्कार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार गत शनिबार राति खाना खाएर सुत्नका लागि घर फर्किँदै गरेकी महिलामाथि बलात्कार भएको हो।

डिएसपी रिजालका अनुसार बलात्कृत महिला मानसिक बिरामी हुन् । ती महिलालाई तीन विद्यार्थीले सामूहिक रूपमा बलात्कार गरेका हुन । ऊनीहरूलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत चितवनबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताए ।

 

sahid diwas